पुस २१, काठमाडौं । इक्रा नपालले सुपरमाई हाइड्रोपावर लिमिटेडलाई विगतमा प्रदान गरेको निष्कासन कर्ता इक्राएनपी आईर त्रिपल बी माइनस रेटिङ अपग्रेड गरेको छ ।
यस्तो रेटिङले समयमा दायित्य पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको देखाउँछ । यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको इक्रा नेपालले जानकारी गराएको छ ।
कम्पनीले १० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । उक्त आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।
विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ भने त्यसपछि मात्र दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।