पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कर्माचार्यको निधन

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश कर्माचार्यको निधन भएको छ ।  कोरोना संक्रमणका कारण २० दिनदेखि उपचाररत ६२ वर्षीय कर्माचार्यको बिहीवार बिहान काठमाडौंमा निधन भएको हो ।  कोरोना संक्रमणपछि निमोनियाले ग्रस्त कर्माचार्यलाई ३ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।  पोखराको सामाजिक सेवामा ठूलो योगदान पुर्‍याएका कर्माचार्यले पोखराको सबैभन्दा जेठो संस्था पोखरा उद्योग वाणिज्य संघमा १२ वर्ष कार्यसमितिमै रहेर सेवा गरेका थिए । उनी २ कार्यकाल महासचिव बन्दै १० वर्षअघि अध्यक्षमा निर्वाच...

सम्बन्धित सामग्री

व्यवसायीलाई तालीम

पोखरा । पोखराका लघु, घरेलु तथा साना व्यवसायीलाई लक्षित गरी लेखा व्यवस्थापन र लेबलिङ, प्याकेजिङ तथा बजारीकरणसम्बन्धी दुईदिने तालीम दिइएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको आयोजना तथा पोखरा उद्योग वाणिज्य संघ सहआयोजनामा गरिएको तालिममा लेखा व्यवस्थापनमा ५० जनाको सहभागिता थियो । लेखा चुस्त–दुरुस्त राख्न नसक्दा बेहोर्नुपर्ने हैरानी र घाटाबाट व्यवसायीलाई मुक्त गराउने उद्देश्यका साथै गुणस्तरीय उत्पादनलाई लक्ष्य गरी तालिम आयोजना गरिएको हो । तालिममा दोहोरो लेखा प्रणाली तथा लेबलिङ र प्याकेजिङ कसरी गर्ने भन्नेबारे जानकारी दिइएको थियो । लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रका कार्यकारी अधिकृत ऋषिराम पंगेनीले लेखा प्रणाली चुस्त राख्न र प्रतिस्पर्धी बजारमा टिक्न तालिम फलदायी बन्ने विश्वास व्यक्त गर्दै उत्पादन र उत्पादकत्व वृद्धि सहयोग पुग्ने बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले लेखा चुस्त नराख्दा भोग्नुपर्ने दण्ड–जरिवानाबाट बचाउन तालिम उपयोगी बन्ने बताए । प्रतिस्पर्धी बजार प्रवेशका लागि आकर्षक लेबलिङ र प्याकेजिङ पहिलो शर्त भएको उनले बताए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान बिजुक्छे, तालिमका सहभागी तथा उद्यमी सुनयना पालिखे, प्रशिक्षार्थी लालप्रसाद ढकाललगायतले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न जरुरी भएको धारणा राखे । रासस

बतासको पक्षमा उभियो पोखरा उद्योग वाणिज्य संघ

पोखरा उद्योग वाणिज्य संघले विवादमा तानिएको बतास अर्गनाइजेसनको  पक्षमा उभिँदै विज्ञप्ति निकालेको छ । बतासका अध्यक्ष आनन्दराज बतासले सञ्चालन गरेको होटल आनन्द सो संघको सदस्य प्रतिष्ठान हो । संघले विज्ञप्तिमा नारायणहिटी दरबारमा रेष्टुराँ संचालनदेखि अन्य विभिन्न स्थानमा गरेका व्यावसायिक गतिविधिहरू राज्यप्रदत्त व्यापार/व्यवसाय गर्न पाउने क्षेत्राधिकारभित्रै रहेर गरिएको घामजत्तिकै छर्लङ्ग भएको विषय रहेको दाबी गरेको छ । विज्ञप्तिमा लेखिएको छ, ‘सरकारले टेण्डर आह्वान नगरेको भए, सार्वजनिक न

पोखरामा डिसहोम फाइबर नेट सेवा

काठमाडौं । डिस मिडिया नेटवर्क डिसहोमले कास्कीको पोखरामा डिसहोम फाइबरनेट सेवा सञ्चालनमा ल्याएको छ । पोखराको नयाँबजारस्थित भट्टराई एन्ड ब्रदर्स सप्लायर्स प्रालिमा पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष नारायण कोइरालाले उक्त सेवा उद्घाटन गरे ।   डिस होमका एरिया सेल्स म्यानेजर, सेल्स अफिसर, प्राविधिक, डिलर दाइहरु, स्थानीयलगायत सहभागी कार्यक्रममा भट्टराई एन्ड ब्रदर्स सप्लायर्सका अध्यक्ष  अम्बिकामोहन भट्टराईले डिसहोम फाइबर नेटको सेवाबारे जानकारी दिए । पोखरामा सेवा सञ्चालनमा आएपछि यस क्षेत्रका ग्राहकलाई सस्तो र गुणस्तरीय इन्टरनेट सेवा दिइने उनले बताए । कम्पनीले बुधबारबाट १० एमबीपीएसदेखि ग्राहक रोजाइअनुसार १०० एमबीपीएससम्मका प्याकेज उपलब्ध गराउनेछ । पोखरामा सुरु गरिएको यो सेवा क्रमशः यस क्षेत्रका ग्रामीण भेगमा पनि पु¥याइने डिस होमका एरिया सेल्स म्यानेजर प्रदीप सुवेदी ले जानकारी दिए ।

पोखरामा औद्यागिक र पर्यटन क्षेत्रका ६ हजार ७ सय व्यवसायीलाई खोप

गण्डकी । पोखरामा औद्यागिक तथा पर्यटन क्षेत्रका ६ हजार ७ सय  उद्योगी तथा व्यवसायीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पोखरा उद्योग वाणिज्य संघ, पोखरा पर्यटन परिषद्लगायतका संघ–संस्थाको अगुवाइमा पोखरामा पर्यटन व्यवसायी, उद्योग व्यवसाय एवं मजदुरलाई खोप उपलब्ध गराइएको हो ।      पोखरा उद्योग वाणिज्य संघको सचिवालयमा १ हजार ४ सय जनालाई कोरोनाविरुद्धको खोप लगाइएको संघका अध्यक्ष नारायण कोइरालाले जानकारी दिए । दैनिक सयौं उपभोक्तालाई आवश्यक पर्ने सामान उपलब्ध गराउँदै आएका व्यावसायिक प्रतिष्ठान कोभिड फैलाउने केन्द्र नबनून् भन्नेतर्फ पटक–पटक सरोकारवालाको ध्यानाकर्षण गराइएको उनले बताए । सोही कारण थोरै संख्यामा भए पनि खोप उपलब्ध हुनुले उत्साहित बनाएको उनको भनाइ छ ।      उनका अनुसार खोपको सुनिश्चितताका लागि संघले गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला प्रशासन कार्यालय कास्कीसहित संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पनि गुहारेको थियो । संघका पूर्वअध्यक्ष तथा गण्डकीका कानुन, सञ्चार तथा प्रदेश मामिलामन्त्री बिन्दुकुमार थापासहित संघका अध्यक्ष कोइराला, वाणिज्यतर्फका उपाध्यक्ष तथा खोप व्यवस्थापन उपसमिति संयोजक अर्जुन पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई, विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठलगायतको प्रतिनिधिमण्डलले स्वास्थ्य राज्यमन्त्रीलाई भेटेर खोप मागेको थियो ।      अत्यावश्यक सामग्री उत्पादन गर्ने औद्योगिक क्षेत्र तथा पर्यटन आबद्ध व्यसायी र मजदुरले खोप पाउनु सुखद् भएको उनको  भनाइ छ । अध्यक्ष कोइरालाका अनुसार संघले १ हजार ४ सय, पोखरा पर्यटन परिषद्को समन्वयमा २ हजार ५ सय, पोखरा औद्योगिक क्षेत्रमा १ हजार, लेखनाथ उद्योग वाणिज्य संघमा ९ सय तथा पोखरा चेम्बर अफ कमर्ससँग आबद्ध ९ सय व्यवसायीले खोप पाएका छन् । आगामी दिनमा थप व्यवसायीलाई खोप उपलब्ध गराउन निरन्तर लागिरहने प्रतिबद्धता उनले व्यक्त गरे ।      संघका उद्योगतर्फका उपाध्यक्ष तथा खोप व्यवस्थापन उपसमितिका संयोजक पोखरेलले यसअघि नै उमेर समूहअन्तर्गत केही व्यवसायीले खोप लगाइसकेको जानकारी दिँदै प्रतिष्ठानमा अग्रमोर्चामा रहने कर्मचारीले पनि खोप पाएसँगै व्यावसायिक क्षेत्र केही ढुक्क हुने अवस्था सिर्जना भएको बताए । रासस

निष्ठाको राजनीतिमाथि हाबी भएका धनाढ्य मन्त्री

८ साउन, पोखरा । उद्योग वाणिज्य संघ, पोखराको अध्यक्षबाट २०७३ सालमा बिदा भएपछि व्यवसायी बिन्दुकुमार थापाले एउटा अनौपचारिक कार्यक्रममा भनेका थिए, ‘व्यापार भन्दै धेरै कुदियो । अब राजनीतितिर लाग्ने हो ।’ नेपाल राष्ट्र बैंकको जागिर छाडेर अटो क्षेत्र हुँदै रियल स्टेट व्यापारबाट धनाढ्यको परिचय बनाइसकेका थिए । २०७१ सालमा संघको अध्यक्ष हुनुअघि नै उनमा राजनीतिको […]