काठमाडौं – नेपाली क्रिकेटर सन्दीप लामिछानेले युट्युब च्यानल प्याराडाइम टिभीले आफ्नो निजी जीवनमा प्रहार गर्दै षड्यन्त्रपूर्वक चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले भनेका छन्, ‘तपाईंहरू जसलाई चाहनुहुन्छ त्यसलाई विभिन्न सेग्मेन्टका लागि छनोट गर्न सक्नुहुन्छ, तर युट्युबको कुर्सीमा बसेर कसैको जीवनलाई उपहास गर्ने काम लाजमर्दो हो।’ उनले प्याराडाइम टिभीको नाम नै […]
यो पर्व दीर्घायु तथा सुख, समृद्धिको कामना गर्दै यस समाजका दिदीबहिनीले आफ्ना दाजुभाइको पूजा गरी मनाउने गर्दछन्। धर्म, संस्कृति र चाडवाडका दृष्टिले समृद्ध मैथिल र भोजपुरी समाजमा मनाइने अनेक पर्वहरूमध्ये यस पर्वमा दाजुभाइ, दिदीबहिनीबीचको पवित्र, स्नेही, आत्मीय र निःस्वार्थ सम्बन्धलाई उजागर गर्दछ।
काठमाडौं । आज तिहारको मुख्य दिन भाइटीका मनाइँदैछ । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा […]