भारतमा पहिलाे पटक राष्ट्रपतिमा महिला आदिवासी उम्मेदवार !

नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले आगामी चुनावको लागि द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गरेको छ । भाजपा अध्यक्ष जेपी नड्डाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुर्मुलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा सिफारिश गरेको बताए । आदिवासी नेतृ द्रौपदी मुर्मु झारखण्डको पूर्वराज्यपाल हुन् । निर्वाचित भएमा उनी भारतको पहिलो आदिवासी राष्ट्रपति र […] The post भारतमा पहिलाे पटक राष्ट्रपतिमा महिला आदिवासी उम्मेदवार ! appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

एमालेले उपराष्ट्रपतिमा महिला उम्मेदवार उठाउने

नेकपा एमालेले उपराष्ट्रपतिमा महिला उम्मेदवार उठाउने तयारी गर्ने भएको छ।

प्रतिनिधिसभाका ६१ क्षेत्रमा महिला उम्मेदवार शून्य

प्रत्यक्षतर्फ पनि एकतिहाइ महिला उम्मेदवार बनाउनुपर्ने प्रस्तावमा दलहरूले संसदमा प्रतिबद्धता जनाए, तर कार्यान्वयन गरेनन् प्रतिनिधिसभाका एक सय ६५ मध्ये ६१ निर्वाचन क्षेत्रमा महिला उम्मेदवारी शून्य छ । निर्वाचन आयोगका अनुसार यी क्षेत्रमा कुनै...

यी हुन् महिला उम्मेदवार नभएका निर्वाचन क्षेत्र

प्रतिनिधिसभामा १० प्रतिशतभन्दा कम महिला उम्मेदवार छन् भने कुनै पनि प्रदेशसभामा १२ प्रतिशतभन्दा बढी महिला उम्मेदवार नरहेको निर्वाचन आयोगको विवरणले देखाउँछ।

अर्घाखाँचीमा एकमात्र महिला उम्मेदवार

अर्घाखाँची – अर्घाखाँचीमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्य पदका लागि २५ जना उम्मेदवार रहे पनि महिला उम्मेदवार एक जनामात्र रहेकी छिन् । विभिन्न राजनितिक दल र स्वतन्त्र गरी २५ जना उम्मेदवार रहे पनि एक जनामात्र महिलालाई राजनीतिक दलले स्थान दिएका छन् ।   प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट पुष्पा भुसाल गौतमको एकमात्र महिलाको उम्मेदवारी परेको छ । अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्यका लागि ११,  प्रदेश सभा (क) का लागि सात र प्रदेश सभा (ख) का लागि सात जना उम्मेदवार रहेका मुख्य निर्वाचन अधिकृत...

कर्णालीबाट प्रतिनिधिसभामा महिला उम्मेदवार दुई, प्रदेशसभामा शून्य

कर्णालीमा प्रतिनिधिसभाका १२ क्षेत्रमध्ये दुई महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।...

एमाले दाङमा तीन मध्ये दुई महिला उम्मेदवार

दाङ – नेकपा एमालेले दाङका तीन निर्वाचन क्षेत्र मध्ये २ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार तय गरेको छ । दाङ–१ वाट शान्ता चौधरी र दाङ–३ वाट कोमल वली उम्मेदवार भएका छन भने दाङ–२ वाट शंकर पोखरेलको उम्मेदवारी पर्ने भएको छ । दुवै महिला उम्मेदवार यसअघि समानुपातिकवाट प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य थिए । राप्रपा त्यागेर एमाले […]

महिलाका मुद्दाबारे के भन्छन्  काठमाडौंका महिला उम्मेदवार ?

आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा महिला उम्मेदवार बनेका छन् । प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिनेमा अधिकांश प्रमुख दल र केही स्वतन्त्र छन् ।...

दुई नगर प्रमुखमा महिला उम्मेदवार

नेपाली काँग्रेसले नारायण नगरपालिका र नेकपा एमालेले वीरेन्द्रनगरमा नगर प्रमुखमा महिला उम्मेदवार उठाएको छ। नारायणमा निर्मला खड्का र वीरेन्द्रनगरमा मोहनमाया ढकाललाई नगर प्रमुखमा दुई पार्टीले उम्मेदवार बनाएका हुन्।...

म्याग्दीमा वडाध्यक्षमा एक मात्र महिला उम्मेदवार

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा म्याग्दीका राजनीतिक दलहरुले उम्मेदवार छनोट प्रक्रियालाई तीव्रता दिएका छन् ।म्याग्दीका तीन ठूला दल नेकपा (एमाले), नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले अहिलेसम्म सार्वजनिक गरेका उम्मेदवारमा प्रमुख पदमा एक पनि महिला उम्मेदवार छैनन् भने वडाध्यक्षको उम्मेदवारमा पनि एक महिला मात्र समेटिएकी छन् । एक नगरपालिका र पाँच गाउँपालिका गरी छ स्थानीय तह रहेको म्याग्दीमा ४५ वडा छन् । यी ४५ वडाका लागि बिहीबारसम्म जिल्लामा एमालेले ४३, काँग्रेसले २८ र

‘महिला उम्मेदवार अनिवार्य’ प्रावधान हटाइएपछि नेतृहरू आक्रोशित

बझाङ । स्थानीय तहको निर्वाचनमा महिला उम्मेदवार अनिवार्य प्रावधानलाई निर्वाचन आयोगले संशोधन गरेकामा बझाङमा महिला नेतृहरूले आपत्ति जनाएका छन् । आयोगले पालिकाको प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिला उम्मेदवार अनिवार्य प्रावधानलाई संशोधन गरेर प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको छ । ‘स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने […]