पार्टीले नेतृत्व टुंग्याउने निर्णय गरेपछि पेचिलो बन्यो अखिल क्रान्तिकारीको विवाद

काठमाडौं - नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व विवाद थप पेचिलो हुने संकेत देखिएको छ । माओवादी केन्द्रको स्थायी समिति बैठकले विद्यार्थीको नेतृत्व चयनको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय गरेसंगै संगठनमा थप पेचिलो बहस सुरु भएको छ ।  बन्द सत्र चलिरहेका बेला नेतृत्व पार्टीले टुंग्याउने …