असोजसम्म एक तिहाइ नेपालीलाई खोप

केही साता अघिसम्म कोरोनाविरुद्ध खोपको अभाव चर्को थियो । भारतमा कोरोनाको दोस्रो लहर उच्च भएपछि रकम बुझाई खरिद गरिएको खोप पनि आउन सकेन । खोप उत्पादक मुलुकले आफ्नै नागरिकलाई पहिलो प्राथमिकता दिएपछि नेपालजस्ता मुलुकका लागि खोपमा सहज पहुँच जटिल बन्यो तर अब भने खोप सहज बन्दै गएको छ ।मित्रराष्ट्रबाट सहयोग, कोभ्याक्स सुविधा र खरिदमार्फत धमाधम खोप आउन थालेको छ । समग्रमा ६५ लाख मात्राभन्दा बढी खोप स्वदेश आइसकेको छ । थप खोपसमेत आउने प्रक्रियामा रहेकाले नेपालीलाई अब खोपको अभाव नहुने बरु प्रभावकारी व्यवस्थाप

सम्बन्धित सामग्री

चैतभित्र सबैलाई कोरोनाविरुद्ध खोप लगाउने देउवा सरकारको पहिलो निर्णय

काठमाडाैं :  प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकले चैत महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्ध खोप लगाउने निर्णय गरेको छ।सिंहदरबारमा बसेको बैठकले आउँदो असोज महिनाभित्र एक तिहाइ जनसंख्या र चैतभित्र सबै नेपालीलाई खोप लगाउने निर्णय गरको कानुनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।