काठमाडौंको फोहोर बन्चरेडाँडामा‚ सिसडोल ल्यान्डफिल साइट बन्द गरिने

काठमाडौं उपत्यकाको फोहोर फाल्न थालिएको नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट १७ वर्षपछि बन्द गर्ने प्रक्रिया सुरु भएको छ । मंगलबारदेखि सिसडोल ल्यान्डफिल साइटको ‘पोस्ट क्लोजर’ का लागि प्रक्रिया सुरु गरिएको हो । २०६२ जेठ २२ गतेदेखि सिसडोलमा २ वर्षका लागि भन्दै उपत्यकाको फोहोर विसर्जन गर्न थालिएको थियो ।

सम्बन्धित सामग्री

काठमाडौंको फोहोर व्यवस्थापनमा गम्भीर समस्या, सिसडोल ल्यान्डफिल साइट भरियो

राजधानीको फोहोर व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । काठमाडौ र ललितपुर महानगरसहित १८ स्थानीय तहको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या आएको हो । विगत दुई महिनायता दर्जनौंपटक फोहोर उठ्न सकेको छैन । पछिल्लो एक सातायता फोहोर व्यवस्थापन ठप्प छ । फोहोर व्यवस्थापनमा समस्या आएपछि प्रधानमन्त्री कार्यालयले आइतबार शहरी विकास तथा भवन निर्माण विभाग, सडक विभाग, काठमाडौं महानगरपालिकालाई बोलाएको थियो ।प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा सरोकारवाला निकायले बन्चरेड...