विशेष कारण भन्दै बागमती प्रदेशसभा बैठक स्थगित

विशेष कारण देखाउँदै बागमती प्रदेशसभाको फागुन १६ गते बस्ने भनेको बैठक स्थगित भएको छ । बागमती प्रदेशसभाको फागुन १६ गतेको बस्ने गरी तय भएको ९ औँ अधिवेशन बैठक अनिश्चितकालको लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित गर्नुपरेको उल्लेख गरेको छ ।प्रदेशसभा बैठक अघि आज दिउँसो १ बजे बस्ने गरी तय भएको थियो । बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर बैठकको कार्यसूची तयार पार्ने तय गरिएको भए पनि बैठक स्थगित भएसँगै कार्यव्यवस्था समितिको बैठ