दिपेन्द्र र प्रतिज्ञालाई स्वर्ण

विश्व तेक्वान्दो कल्चर एक्स्पोको १५ औं संस्करणको सिनियर पुरुष ८० केजीमाथि तौल समूहमा दिपेन्द्रबहादुर नेपालीले भारतलाई पराजित गर्दै स्वर्ण पदक जितेका छन् ।दिपेन्द्रले पुम्से विधामा पनि स्वर्ण जिते । प्रतिज्ञा भण्डारीले पनि दोहोरो स्वर्ण जितिन् । प्रतिज्ञाले ७० केजीमाथि फाइनलमा इजिप्टका खेलाडीलाई हराउँदै स्वर्ण हात पारिन् । प्रतिज्ञाले अर्को स्वर्ण पुम्से विधामा हासिल गरिन् ।