गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा एकको मृत्यु

काठमाडौं । पूर्वी मकवानपुरको बागमतीमा मोटरसाइकलमा सवार एक जनाको चट्याङ लागेर मृत्यु भएको छ । आज बागमती गाउँपालिका-४ को पाँचपाण्डव भन्ने ठाउँमा गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा मोटरसाइकलमा सवार बागमती-१ करौँजेका २२ वर्षीय दिव्यप्रकाश राईको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बागमती पालिकाको केन्द्र झुरझुरेबाट डिजेल लिएर करौंजेतर्फ जाँदै गरेको पाँचपाण्डव पुल नजिकै चट्याङ लाग्दा […]

सम्बन्धित सामग्री

चट्याङ लागी पर्सामा एकको मृत्यु, तीनजना घाइते

वीरगञ्ज- मेघ गर्जनसहितको चट्याङ लागेर सोमबार पर्सामा एकको मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन्। चट्याङ लागी मृत्यु हुनेमा वीरगञ्ज महामगरपालिका-२ बस्ने १५ वर्षका सिद्धार्थ उपाध्याय रहेका छन्। बिहान साढे ६ बजेको समयमा सोही स्थानमा रहेको छठिमाई पोखरी नजिकै अचानक चट्याङ लागेर उपाध्यायसहित तीन जना घाइते भएका थिए। घाइतेहरूलाई तत्कालै उपचारको लागि नारायणी अस्पतालमा […]

चट्याङ लागेर मकवानपुरमा एकको मृत्यु

मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

दार्चुलामा चट्याङ लागेर एकको मृत्यु

कैलाली । दार्चुलाको नौगाड गाउँपालिकामा शुक्रबार राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–२ दललेखका मोहन सिंह पार्कीको चट्याङ लागेर मृत्यु भएको हो । वडाध्यक्ष नारायण सिंह ठगुन्नाका अनुसार पार्की घरमा एक्लै थिए । घरका अरु सदस्य भने सदरमुकाम रहेको वडाध्यक्ष ठगुन्नाले बताउनु भयो ।

चट्याङ लागेर एकको मृत्यु

बैतडी । बैतडीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गएराती डिलाशैनी गाउँपालिका– ५ खालीफाँटाका २७ वर्षीय महेश लुहारको चट्याङ लागेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । चट्याङ लागेर अन्य तीन जना घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

बलेवा, ५ असोज: बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली […]

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य तीन जना घाइते भएका छन् ।घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली हुन् । उनीहरूको जैदी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त घटनामा एउटा भैँसीसमेत मरेको स्थानीय विमल शर्माले जानकारी दिए ।

चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते

काठमाडौं। बितेको चौबिस घण्टामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मोरङको रंगेली नगरपालिका–१ मा चट्याङ लागेर एक जना पुरुषको मृत्यु भएको छ। यस्तै मोरङको जहदा गाउँपालिका र ओखलढुङ्गाको खिजिदेम्ब गाउपालिका–८ मा एक–एक जना घाइते भएका छन्।

गुल्मीमा चट्याङ् लागेर एकको मृत्यु, आठ घाइते

गुल्मी । गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका –४ दजाकोटकी १८ बर्षिय करिश्मा गाहाको चट्याङ् लागेपनि उपचारको क्रममा मृत्यु भएको हो । दजाकोटका उजिर गाहा र भिमश्री गाहाको घरमा बिहिबार राति चट्याङ परेको थियो । चट्याङ्ले अन्य आठजना घाइते भएका छन् । ६३ बर्षिया उजुर सिहं गाहा, ६२ बर्षिय तथिकला […] The post गुल्मीमा चट्याङ् लागेर एकको मृत्यु, आठ घाइते appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते

काठमाडौं। देशका बिभिन्न स्थानमा परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार तेह्रथुमको आठराई गाउँपालिका-४ मा हिजो परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको हो। सोलुखुम्बु र इलामा एक-एक जना घाइते भएका छन्। २०७८ वैशाख १ गते यता चट्याङ लागेर देशभर १० जनाको मृत्यु भइसकेको छ।

चट्याङ लागेर रौतहटमा एकको मृत्यु

चट्याङ लागेर रौतहटमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको गुजरा नगरपालिका वडा नम्बर ७ पल्टुआ गाउँका ४० वर्षीय लक्ष्मण महरा रहेका छन्। महराको गुजरा नगरपालिका वडा नम्बर ८ जयराजपुरमा चट्याङ लागेर मृत्यु भएको हो।...