उम्मेदवारले फेसबुक लगायतका सञ्जालबाट गर्ने विज्ञापन खर्चको विवरण पनि बुझाउनुपर्ने

निर्वाचन आयोगले निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूको मनोनयनपत्र दर्ता कार्यक्रम सम्पन्न भएसँगै विभिन्न राजनीतिक दल र उम्मेदवारहरूबाट सामाजिक सञ्जालको समेत प्रयोग गरी प्रचारप्रसार र विज्ञापन हुन थालेको छ ।आयोगले जारी गरेको ‘निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७’ बमोजिम निर्वाचनका सबै चरण र प्रक्रियामा सामाजिक सञ्जालको समुचित उपयोग गरिने जनाइएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी सामाजिक सञ्जालमा सम्प्रेषित सूचना सामग्रीको प्रभावकारी नियमन, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी आयोगको सचिवालय र अन्तर्गतका कार्यालयसमेतको संयन्त्र बनाई नीतिको कार्ययोजनाबमोजिम भए गरेका काम कारबाहीको निरन्तर अनुगमन र मूल्याङ्कन गर्ने कार्य भइरहेको बताएका हुन् ।आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि आयोगले राजनीतिक दल र उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद निर्धारण गरिसकेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ मा राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन खर्चसम्बन्धी पालना गर्नुपर्ने आचरणहरूको व्यवस्था गरिएको छ । सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गरे नगरेको बारे आयोगको अनुगमन संयन्त्रमा रहेको अभिलेखसँग भिडाई परीक्षण गरिने भएकाले सामाजिक सञ्जालमार्फत हुने विज्ञापनका सबै खर्च विवरणसमेत चुस्तदुरुस्त राख्न सम्बन्धित सबै राजनीतिक दल र उम्मेदवारलाई आयोगले आग्रह गरेको हो ।

सम्बन्धित सामग्री

विज्ञापनरहित फेसबुक र इन्स्टाग्राम ल्याउने योजनामा मेटा

विज्ञापनरहित इन्स्टाग्राम र फेसबुक समेत अब प्रयोग गर्न सकिने भएको छ । मेटाले प्रयोगकर्ताहरूको लागि विज्ञापन रहित सदस्यता ल्याउने योजना बनाएको छ । कम्पनीले डिजिटल व्यक्तिगत डेटा गोपनीयता ऐन अन्तर्गत विज्ञापन रहित सेवा पनि ल्याउने भएको हो । डाटा सुरक्षा सम्बन्धी नियमहरूको पालना सुनिश्चित गर्न पनि यूरोपेली आयोगमा छलफल पनि हुनेछ । मेटाको विज्ञापन नभएको सशुल्क...

बच्चाहरूलाई लिंगको आधारमा लक्षित गरिएका विज्ञापन देखाउन नियन्त्रण गर्दै मेटा

फेसबुक र इन्स्टाग्रामले किशोरकिशोरीलाई लिंगको आधारमा लक्षित गरिएका विज्ञापन देखाउने प्रक्रियामा नियन्त्रण गरिदिने भएको छ । यसले किशोरकिशोरीलाई उत्पीडक किसिमको विज्ञापन क्याम्पेनबाट जोगाउने मेटाको विश्वास रहेको छ । अब विज्ञापनहरु उमेर र ठेगानाको आधारमा मात्रै प्रदर्शन गर्न सकिनेछ । किशोरकिशोरीले कुनै विषयमा कति विज्ञापन हेर्ने भनेर पनि आफ्नै आधारमा सञ्चालन गर्न...

फेसबुकको विज्ञापन बिक्रीमा पहिलोपटक गिरावट

१२ साउन, काठमाडौं । फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएप लगायतका सोसल मिडिया प्लाटफर्मको स्वामित्ववाला मातृ कम्पनी मेटाले इतिहासमै पहिलोपटक विज्ञापनबाट हुने आम्दानीमा गिरावट बेहोरेको छ । सन् २०२२ को मे देखि जुलाई सम्मको त्रैमासिक अवधिमा मेटाको विज्ञापन बिक्रिबाट हुने आम्दानीमा गतवर्षको सोही अवधिको तुलनामा गिरावट आएको हो । मेटाको विज्ञापन बिक्रिमा भएको गिरावट इतिहासमै पहिलोपटक भएको […]

फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाको विज्ञापन बिक्रीमा ऐतिहासिक गिरावट

फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाले विज्ञापन बिक्रीमा ठूलो गिरावटको सामना गरिरहेको छ ।विज्ञापनको बिक्री घट्दा कम्पनीको आम्दानीमा पनि प्रत्यक्ष असर परेको छ । जसमा ऐतिहासिक गिरावट आएको छ । मेटाको कुल राजस्व एक प्रतिशतले घटेर २८.८ अर्ब डलर भएको छ ।यद्यपि, कम्पनी आफ्ना प्रयोगकर्ता बचाउन सफल भएको छ । टिकटक जस्ता प्रतिस्पर्धीहरूले निश्चित रूपमा यसको लोकप्रियतालाई चुनौती दिएको छ वा कम गरेको छ ।यसका साथै धेरै कम्पनीले विज्ञापनको खर्चका लागि प्रतियोगितामा छन् । मेटाले ग्लोबल एड मार्केटको २० प्रतिशत

अब फेसबुक विज्ञापन फिट इन्टरनेसनलमार्फत हुने

काठमाडौं, नेस फिट इन्टरनेसनल नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलर बनेको छ । नेपालमा पहिलोपटक भएको यस्तो साझेदारी डिजिटल मार्केटिङ एजेन्सीको उपलब्धिको रूपमा हेरिएको छ । यो साझेदारीले फेसबुक विज्ञापन खरिद गर्न चाहने डिजिटल मार्केटरहरू र अन्य एजेन्सीहरूको लागि सहज बाटो खोलेको छ । फेसबुक विज्ञापनहरू कुनै पनि व्यवसायको लागि एकदम महवपूर्ण बनेको छ । […]

फिट इन्टरनेशनल बन्यो फेसबुक विज्ञापनको आधिकारिक रिसेलर

काठमाडौं । फिट इन्टरनेशनल नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलरको बनेको छ। नेपालमा पहिलो पटक भएको यस्तो साझेदारी डिजिटल मार्केटिङ एजेन्सीको उपलब्धिको रूपमा हेरिएको छ। यो साझेदारीले फेसबुक विज्ञापन खरिद गर्न चाहने डिजिटल मार्केटरहरू र अन्य एजेन्सीहरूको लागि सहज बाटो खोलेको छ। अब नेपाली व्यावसायहरुले स्थानीय ज्ञान, सहयोग र विशेषज्ञताको माध्यमबाट फेसबुकबाट अझ धेरै लाभ लिन सक्नेछन्।फेसबुक विज्ञापनहरू कुनै पनि व्यवसायको लागि एकदम महत्त्वपूर्ण बनेको छ । अहिलेसम्म यस्ता विज्ञापनहरूको भुक

फेसबुक पेजमा ‘जव भ्याकेन्सी’को विज्ञापन राखेर ४३ जनालाई ठगी

काठमाडौं । प्रहरीले फेसबुक पेजमा जव भ्याकेन्सीको विज्ञापन राखेर ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका–८ घर भई हाल काठमाडौंको काडाँघारी बस्ने २३ वर्षीय शिब खड्का रहेका छन् । उनले सामाजिक संजाल फेसबुकमा ‘जव भ्याकेन्सी’को पेज बनाई बेरोजगार युवाहरुलाई आकर्षित गरी आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । खड्काले रोजगारीका लागि सुरुमा एक हजार पाँच सयदेखि तीन हजार पाँच सयसम्म इसेवामार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठगी गरेको अनुसन्धानमा खुलेको छ । ठगी गरेर फरार रहेका खड्कालाई महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाएको छ । साथै, यस्ता व्यक्तिहरुसँग सचेत रहन पनि प्रहरीले आग्रह गरेको छ ।