पोखरामा पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार ५० वर्षीया महिलाको मिर्गौला ट्रान्सप्लान्ट गरिएको हो ।प्रतिष्ठानका निर्देशक भरत खत्रीले करिव एक वर्षअघिदेखि तयारी थालिएको बताए । 'गत सालको असारदेखि प्रयास गरेका थियौं । अहिले सफल भयौँ,' उनले भने, 'अब नियमित रुपमा ट्रान्सप्लान्ट गर्न सक्छौं ।' ती महिला पाँच वर्षदेखि मिर्गौला पीडित थिइन् । प्रतिष्ठानबाट दैनिक ३० जनाको डायलोसिस् हुँदै आएको छ । ती महिलालाई उनकै ५१ वर्षीय श्रीमानल