आइतबारदेखि बुद्ध एयरले रात्रिकालीन उडान भर्ने

काठमाडौँ । बुद्ध एयरले आइतबारदेखि विभिन्न गन्तव्यहरुमा रात्रिकालीन उडान सेवा विस्तार गर्ने भएको छ । रात्रिकालीन उडान तत्कालका लागि जनकपुर, नेपालगन्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा उपलब्ध हुने कम्पनीले जनाएको छ । यी उडानका समयहरु राति ८ बजेपछिका मात्र हुनेछन् । नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिकाको करिब १३ प्रतिशत रात्रिकालीन उडान रहेको बुद्ध एयरले […]