मधेस सरकारले माओवादीले गरेको जनयुद्धका सहिद भएकाहरुको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा संचार मन्त्रालय मातहत रहेको मधेसी सहिद प्रतिष्ठानले माओवादी जनयुद्ध सहिद परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।फागुन १ मा जनयुद्ध दिवसको अवसर पारेर सहिद परिवारलाई सो दिन जनही एक लाख रुपैयाँको दरले सहयोग गर्ने निर्णय भएको आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले जानकारी दिए ।प्रतिष्ठानका अध्यक्ष समेत रहेका मन्त्री साहका अनुसार फागुन १ गते एक लाख र पछि दुई लाख रुप