साढे चार बजेसम्म मकवानपुरमा खस्यो ६० प्रतिशत मत

मकवानपुरमा आज दिउँसो ४ः३० बजेसम्म ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले दिएको जानकारी अनुसार जिल्लाको १० वटै पालिकाको १६५ मतदान स्थलको ३५६ मतदान केन्द्रमा ६० प्रतिशत मतदान सम्पन्न भएको हो । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकामा अहिले मतदान प्रक्रिया शान्तिपूर्ण तवरबाट संचालन भइरहेको उनले बताए । दिउँसो केही बेर पानी परेपछि अधिकांश मतदान केन्द्रहरुमा मतदान कार्यक्रम प्रभावित बन्न पुगेको भ