अफगान सेनाद्वारा छ जना आईएस लडाकु पक्राउ

अफगान सेनाले पूर्वी नान्गाहार प्रान्तमा द्वन्द्वरत इस्लामिक स्टेट (आईएस) सङ्गठनसँग आबद्ध छ जना लडाकुलाई पक्राउ गरेको रक्षा मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा बताइएको छ। 'गोप्य सूचनाको आधारमा खालिद बिन वालिद कोर्प्सका कर्मचारीहरूले नान्गाहार प्रान्तको खावरेजको गोप्य ठाउँमा छापा मारी छ जना लडाकुहरूलाई गिरफ्तार गरेको' विज्ञप्तिमा जनाइएको छ ।  पक्राउ परेका आतङ्ककारीहरूको लुकेर बसेको ठाउँबाट एके-४७ असल्ट राइफलसहित थुप्रै हतियार र गोलाबारुदहरू पनि फेला परेको  बताइएको छ ।