प्रतिनिधिसभाको रिक्तताको परिकल्पना संविधानमा छैन : गुरुङ

नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना नगरेको बताउनुभएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले समयमै निर्वाचन सम्पन्न भएर प्रतिनिधिसभालाई निरन्तरताको अवस्थामा लैजानुपर्ने आवश्यकत्ता रहेको बताउनुभयो । महासचिव गुरुङले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा समयमै, स्वतन्त्र र निष्पक्ष ढङ्गले हुनुपर्नेमा जोड दिनुभयो । अस्थिरता, अराजकता र मुलुकको राष्ट्रिय अस्मितामाथिका …