नेपाली फिल्म क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा हावी भयो : निर्देशक प्रताप सुब्बा

काठमाडौं : फिल्म निर्माता तथा निर्देशक प्रताप सुब्बाले नेपाली फिल्म क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा हावी रहेको बताएका छन्। नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणमा आयोजित छलफलमा सुब्बाले फिल्म श्रेत्रका आफ्ना अनुभव सुनाए। 'पहिले चलचित्रहरूबिच स्वस्थ प्रतिस्पर्धा थियो। राम्रा चलचित्र निमार्ण हुन्थे तर आजभोलि चलचित्रमा समेत अस्वस्थ प्रतिपर्धा छ। अनावश्यक…