कोभिड प्रभाव : कहाँ पात, कहाँ प्राण !

मान्छेहरू भन्ने गर्छन्, ‘रुखहरूका पात झर्छन् र फेरि नयाँ पालुवा पलाउँछन् । मानिसको जीवनक्रम पनि त्यस्तै हो । हरेक मिनेट नयाँ जीवनले धरतीमा पदार्पण गर्छ र त्यसरी नै कतिले इहलीला समाप्त गरेर धरतीबाट विलीन हुन्छन् । जन्म र मृत्युको कुरा गर्दा पातसँग तुलना गरेको देख्दा मलाई भने उदेक लागेर आँउछ । रुखको त जरा यथावत् हुन्छ । हाँगाबिँगा पनि हुन्छन् । बस्, पातसम्म न झर्ने हो । पात झर्नुलाई मान्छेको मृत्युसित तुलना गर्न मिल्छ त ? कहाँ पात, कहाँ जीवन । म मेरो अस्तित्वभित्र कतै रहेको प्राण भनिने कुनै अमूर्त कुरालाई बडो जतनले सम्हाल्दै घरअगाडि उभिएका रुखबाट पात झरेको हेर्दैछु । भयभित पनि भइरहेकी छु । झरेको पात जति हेर्छु मनभित्र उति धेरै डर बढिरहेको छ । म किन यसरी डराएकी ? के मैले पनि पातको नियति भोग्नुपर्छ कि भन्ने आभास भएको हो मलाई ?

सम्बन्धित सामग्री

गोरखाको लिची बिक्रीमा कोभिड प्रभाव

३१ जेठ, गोरखा । २०४२ सालमा चितवनबाट बिरुवा ल्याएर लिची खेती शुरु गरेका पालुङटार नगरपालिका-७ च्याङ्लीका भोज बहादुर गुरुङको बारीमा अहिले साना ठूला गरी करिब ६० बोट छन् । सबै बोटमा लिची लटरम्म पाकेको देखिन्छ …

वैदेशिक व्यापारमा देखिएन कोभिड प्रभाव

काठमाडौं, जेठ ११ । कोरोना महामारीकै बीच मुलुकको वैदेशिक व्यापार उत्साहजनक रूपमा बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो १० महीनाको तथ्यांक अनुसार नेपालले १३ खर्ब ६२ अर्बको वैदेशिक व्यापार गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा २३ प्रतिशत बढी हो । वैशाख मसान्तसम्ममा नेपालले कुल १ खर्ब ८ करोडको […]

वैदेशिक व्यापारमा देखिएन कोभिड प्रभाव

काठमाडौं । कोरोना महामारीकै बीच मुलुकको वैदेशिक व्यापार उत्साहजनक रूपमा बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो १० महीनाको तथ्यांक अनुसार नेपालले रू. १३ खर्ब ६२ अर्बको वैदेशिक व्यापार गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा २३ प्रतिशत बढी हो । वैशाख मसान्तसम्ममा नेपालले कुल रू. १ खर्ब ८ करोडको निर्यात गरेको छ । वैशाखमा मात्रै रू. १३ अर्ब ७१ करोडको वस्तु निर्यात भएको छ । सरकारले १० वर्षअघि नै वार्षिक निर्यात रू. १ खर्ब पुर्‍याउने लक्ष्य राखेकोमा चालू आवको १० महीनामै उक्त लक्ष्य हासिल भएको छ । यद्यपि यो सन्तोषजनक भने नभएको अर्थविद्हरूको भनाइ छ । रकम १ खर्ब नाघेको देखिए पनि स्थिर मूल्यमा हिसाब गर्दा यो सन्तोषजनक नभएको अर्थविद् रामेश्वर खनाल बताउँछन् । ‘१० वर्षअघि एक डलरको नेपाली मूल्य ८० रुपैयाँ थियो । अहिले १२० पुगेको छ । प्रचलित मूल्यअनुसार बढी निर्यात भएको देखिए तापनि यसमा सन्तुष्ट भइहाल्ने अवस्था छैन,’ उनले भने, ‘२०५० सालदेखि २०५४ सालसम्म जुन किसिमले निर्यात वृद्धि भएको थियो, त्यसलाई हिसाब गर्दा स्थिर मूल्यका आधारमा अहिलेको निर्यात त्यति बेलाको भन्दा पनि नराम्रो देखिन्छ ।’ १० महीनाको अवधिमा नेपालमा रू. १२ खर्ब ५४ अर्बको आयात भएको छ । यो अघिल्लो वर्षको यही अवधिको तुलनामा २२ प्रतिशत बढी हो । यसैगरी वैशाखमा मात्र कुल १ खर्ब ४२ अर्बको वस्तु तथा सेवा आयात भएको छ । चैतमा रू. १ खर्ब ६७ अर्बको सामान आयात भएकोमा आयात घटाउने र निर्यात प्रवद्र्धन गर्ने सरकारी नीतिका कारण निषेधाज्ञाकै बीच आयात प्रभावित नभएको भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले बताए । ‘१५ दिनसम्म सामान्य रूपमा सामान आयो, त्यसपछि निषेधाज्ञा भए पनि बाटोमा भएको सामान आइ नै रह्यो,’ उनले भने, ‘अहिले नै निषेधाज्ञाको असर देखिने बेला भएको त छैन । तर भन्सारलाई अत्यावश्यक सेवाभित्र राखेर भारत र चीन दुवै देशबाट सामान्य रूपमा आयात भइरहेको छ ।’ निषेधाज्ञाकै कारण केही अवरोध देखिए यसको प्रभाव जेठमा देखिन सक्ने उनको भनाइ छ ।

अर्थतन्त्रमा कोभिडको प्रभाव पर्न दिन्नौं : अर्थमन्त्री

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली अर्थतन्त्रमा दोस्रो चरणको कोभिड प्रभाव पर्न नदिन सरकार क्रियाशील रहेको बताएका छन् ।

कोभिड प्रभाव घट्दा बढ्न थाल्यो आयात, सात महिनामा आठ खर्बको आयात

काठमाडौं । कोभिड प्रभाव घट्दा आयातको ग्राफ उकालो लाग्न थालेको छ। चालु वर्षको सात महिनामा ८ खर्ब ३ अर्ब रुपैयाँबराबरका विभिन्न