ए डिभिजन लिग : दुवै खेल बराबरीमा सकियो

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबार भएका खेलमा विभागीय टोली एपिएफ र संकटाले गोल रहित बराबरी खेल्दा दिनको पहिलो खेल पनि बराबरीमा सकिएको छ ।  त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा भएको खेलमा आहा रारा गोल्डको उपाधि विजेता एपिएफले संकटासँग गोल रहित बराबरी खेलेको हो । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोली तालिकामा सम्मान जनक स्थानको अपेक्षा सहित मैदान उत्रिएका थिए । तर पाएका केही राम्रा अवसरलाई दुवै टोलीले सदुपयोग गर्न नसक्दा अङ्क बाँड्न पुगे ।एपिएफभन