हिन्दु नारीहरुको महान् पर्व तिजको अवसरमा देशभरका देवालयमा पूजाआजा गरिएको छ। पशुपतिनाथ मन्दीरमा विहानैदेखि हरितालिका तीजको अवसरमा पूजा गर्नेहरुको भीड छ।
आजको दिन अर्थात भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको...
पछिल्लो दिनमा नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएको छ । जसका कारण कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । कर्मचारीहरुमा संक्रमण पुष्टि भएसँगै सर्वोच्च अदालत, जिल्ला प्रशासन कार्यालय काठमाडौं लगायतले कतिपय सेवामा कटौती गरेका छन् । यद्यपि सेवाग्राहीको चहलपहल भने अझै पनि देखिन्छ । यस्तै नेपाल बारका वकिलहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनलाई पनि जारी राखेका छन् । बढ्दो संक्रमणका बीच काठमाडौंका केही सरकारी कार्यालयको चहलपहल तस्बिरमा हेर्नुहोस्ः
चितवन : चितवन जिल्लाको पर्यटकीय स्थलमध्येको महत्वपूर्ण ठाउँ हो सौराहा। जहाँ धेरै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुन्छ। सोही ठाउँमा एमालेको १० औँ महाधिवेशन सम्पन्न भएकाे छ। नारायणी नदीमा बोटिङ गर्नु एकसिङे गैडा यहाँको प्रमुख आकर्षण हो। सौराहा नेपालको आकर्षक पर्यटकीय गन्तव्य पनि हो। चितवन राष्ट्रिय निकुञ्ज र सामुदायिक वनमा हात्ती र जीप सफारी गर्नका लागि पनि यो ठाउँ प्रसिद्ध छ।हेर्नुहोस् फोटो
नेकपा एमालेको दसौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बन्दसत्र सुरु हुँदैछ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उद्घाटन भएको दसौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहान १० बजे बन्दसत्र उद्घाटन हुने बताए पनि ११ बज्दासम्म बन्द सत्र सुरु हुन सकेको छैन । उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन रहनेछ । बन्दसत्र स्थलमा यतिबेला महाधिवेशन प्रतिनिधिहरुको भीड लागेको छ ।
चितवन– आजदेखि शुरु हुन गइरहेको नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनसँगै चितवनमा उद्घाटनको तयारीसँगै बिहानैदेखि चहलपहल बढेको छ । भिडियोमा हेर्नुहोस् महाधिवेशन स्थलबाट प्रत्यक्ष प्रसारण महाधिवेशनमा सहभागी हुन नेकपा एमालेका शीर्ष नेताहरू हिजो नै चितवन पुगिसकेका छन् भने महाधिवेशन प्रतिनिधिहरु र कार्यकर्ताहरु आउने क्रम जारी छ । नारायणी नदी किनार क्षेत्रमा हुन गइरहेको महाधिवेशन स्थलमा बिहानैदेखि […]
हिन्दु नेपालीको पर्व तिहारको चहलपहल बढ्न थालेको छ । राजधानीका असन, इन्द्रचोकलगायतका स्थानमा तिहारका लागि आवश्यक पर्ने सरसामाग्री किन्नेको घुइँचो देख्न सकिन्छ । तिहारको बेला ढाका टोपी, झिलिमिली बत्ती, भाइमसला, लत्ताकपडा, सप्तरंगी टीकालगायतको राम्रो व्यापार हुने व्यवसायीहरु बताउँछन् । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सु...
प्रकृति र मानव जीवन परस्पर सम्बन्धित छ । पृथ्वीमा प्रकृति विना मान्छेको अस्तित्व सम्भव छैन ।
तर मान्छे विनाको प्रकृति र संसार कस्तो होला ? यदि संसारबाट मान्छे गायब भए के होला ?
फोटोग्राफर रोमेन भिल्लोनले यस्तै कल्पना गर्दै केही फोटो संकलन गरेका छन् । जसमा मान्छे नरहने ठाउँका तस्वीर राखिएका छन् ।
मान्छेको चहलपहल नभएका घर, कम्पनी, अस्पताल, स्कूल, चर्च कस्ता देखिन्छन् भनेर ती फोटोग्राफरले फोटो संकलन गरेका छन् ।
हेर्नुहोस् केही तस्वीरहरू –
चन्द्रागिरि केबलकार लामो समयपछि सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण बन्द रहेको केबलकार स्वास्थ्य मापदण्ड पालना गर्दै आजदेखि सञ्चालनमा आएसँगै चहलपहल बढेको छ ।
चन्द्रागिरिमा केबलकारको अतिरिक्त रकक्लाईमिङ, जीपलाइनका साथै सुविधासम्पन्न रिसोर्ट समेत रहेका छन् ।
चन्द्रागिरि पछिल्लो समय राजधानीको एक आकर्षक पर्यटकीय गन्तब्य बन्न सफल भएको छ ।
तस्बिरहरु : रासस
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) बुधबार परेको छ । कोरोनाभाइरसका कारण उपत्यकाका मस्जिदमा चहलपहल देखिएन । उपत्यकामा जारी निषेधाज्ञा अन्तर्गत स्थानीय प्रशासनले विशेष पुजाबाहेक धार्मिक क्षेत्रका मठ, मन्दिर, मस्जिद, गुम्बाहरु खोल्न रोक लगाएको छ । सोही कारण राजधानीको सुन्धारामा रहेको मस्जिदमा विगतमा वर्षहरुमा नवाज पढ्नका लागि भिडभाड हुने भएपनि यो वर्ष सुनसान देखिएको हो । उसो त मुस्लिम आयोगलगायत निकायले विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेका
सर्वोच्च अदालतको फैसलापछि कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा चहलपहल शुरू भएको छ ।
बूढानीलकण्ठस्थित देउवा निवासमा नेता, कार्यकर्ता र शुभचिन्तकहरूको भीड लागेको हो । देउवाका शुभचिन्तकहरू फूलमाला लिएर बूढानीलकण्ठ पुगेका छन् ।
यसअघि सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
सर्वोच्चको आदेशबमोजिम मंगलवार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिसक्नुपर्ने हुन्छ ।
हेर्नुहोस्, देउवा निवासका तस्वीरहरू :
पोखरामा अवस्थित विन्ध्यवासिनी मन्दिरमा पर्यटकको चहलपहल बढन थालेको छ । वार्षिक लगभग एक करोडको आम्दानि हुने यस मन्दिरमा कोभिडका कारण महिनौँ बन्द रह्यो । गण्डकी प्रदेशकै ठूलो शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहल पहल देखिन थालेको छ । गोरखापत्र समाचारदाता तारा चापागाईले खिचेको विन्ध्यवासिनी मन्दिर र माछापुच्छ्रे हिमालको सुन्दर दृष्य हेर्नुहोस् ।