काठमाडौं महानगरपालिकाले पर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा क्षेत्रगत अनुगमन सुरु गरिएको हो । अनुगमनका क्रममा माछा मासु पसल, डिपान्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादनहरु, गोदामहरु, खसी बजार, तरकारी बजार हेरिनेछ । आज विहान प्रदर्शनी मार्ग, टुकुचा खसी बजार क्षेत्रमा अनुगमन गरेको छ । उपप्रमुख डंगोल महानगरले बजार अनुगमनलाई निरन्तर दिने बताएकी छिन् ।&nbs