टीकापुर। कैलालीको टीकापुर अस्पताललाई भुल एकता समाजले २५ थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ। कोरोना सङ्क्रमितले अक्सिजन अभावमा ज्यान गुमाइरहेको अवस्थालाई देखेर प्रवासमा सहयोग सङ्कलन गरी अस्पताललाई सिलिण्डर हस्तान्तरण गरिएको हो । समाजमा आबद्ध भइ भारतमा रहेका नेपालीको सहयोग र नेपालमा रहेका व्यक्तिको सहजीकरणमा अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको एकता समाजका पदम भुलले बताए।रासस