जसपाका सङ्घीय परिषद् अध्यक्ष डाक्टर भट्टराई र विप्लवबीच भेटवार्ता

काठमाण्डाै - जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।  भट्टराईलाई भेट्न विप्लव अर्का नेता धर्मेन्द्र बास्तोलासहित उहाँको निवास पुग्नु भएको हो । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको नेता बास्तोलाले बताउनुभयो । यसअघि हिजो विप्लवले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्नु भएको थियो भने अस्ति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नु भएको थियो ।  

सम्बन्धित सामग्री

बाबुराम भट्टराई र मेयर साहबीच भेट

काठमाण्डाै – जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएकाे छ ।  आज शुक्रवार दिउँसाे उहाँहरूबीच भेटवार्ता भएकाे हाे । भेटवार्तामा महानगरपालिकाका समस्या र योजनाबद्ध विकासबारे सार्थक विमर्श भएकाे भट्टराईले ट्विटरमार्फत जानकारी दिनुभएकाे छ ।  यसैबीच नेता भट्टराईले मेयर बालेन्द्र साहलाई कार्यकालकाे सफलताको शुभकामना पनि दिनुभएकाे छ ।  तस्बिर : भट्टराईकाे ट्विटरबाट

जसपाका अध्यक्ष भट्टराईसँग विप्लवको भेटवार्ता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले भेटवार्ता गरेका छन् । अध्यक्ष भट्टराईलाई भेट्न विप्लव र नेता धर्मेन्द्र बास्तोला भट्टराई निवास सानेपा पुगेका छन् । भेटमा समसामयिक राजनीति, केपी शर्मा ओली नेतृत्वको सरकारसँग विप्लव समूहले गरेको सहमति कार्यान्वयन लगायतका विषयमा छलफल भएको जसपाका […]

पूर्वप्रम भट्टराई र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौँ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग आज चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको टोलीले भेटवार्ता गरेको छ ।