प्रशासन सेवाका १२ सहसचिव बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । लोकसेवा आयोगले सामान्य प्रशासन सेवाका १२ जना सहसचिवको बढुवा सिफारिस गरेको छ । लिखित तथा अन्तर्वार्ताको प्रक्रिया टुंग्याएर १२ जनाको नाम सिफारिस गरिएको हो । बढुवा हुनेमा एक नम्बरमा रमेश अर्याल छन् । त्यस्तै महिलातर्फ बबिता मिश्रको नाम सिफारिस भएको छ । बढुवा भएका सहसचिवको नाम यसप्रकार छ :-

सम्बन्धित सामग्री

संसद् सचिवालयका सहसचिव पाण्डे सचिवमा बढुवा

काठमाण्डाै – सङ्घीय संसद् सचिवालयका सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा हुनुभएको छ ।  संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको आज बुधवारको बैठकले उहाँलाई सचिवमा पदोन्नति गर्ने निर्णय गरेको हो । यस समितिमा अहिले राष्ट्रियसभा अध्यक्ष, सचिवालयका महासचिव र सचिवालयकै तीन जना सचिव रहनुभएको छ । त्यसअघि लोक सेवा आयोगको बढुवा समितिले उहाँलाई सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो । उहाँ अहिले लेखा समितिको सचिव, प्रशासन महाशाखाका प्रमुख एवम् प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्थ्यो । निजामती सेवामा २०६७ ...

मुकुन्द निरौला सचिवमा बढुवा

काठमाडौँ । सरकारले सहसचिव मुकुन्द निरौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निरौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार ब्युरोलाई बताए । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा माघ २५ गते मङ्गलवार बसेको बैठकले सचिव बढुवाका लागि सिफारिस गरेका मध्ये पहिलो […]

दंगाल सचिवमा बढुवा

काठमाडौँ । सरकारले सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सोमवार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार ब्युरोलाई बताए । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार बसेको बैठकले सचिव बढुवाका लागि सिफारिस गरेका मध्ये पहिलो नम्बरमा रहेका अर्थ […]

पाँच जना उपसचिव सहसचिव बढुवाका लागि सिफारिस

काठमाडौँ । पाँच जना उपसचिवलाई सहसचिव बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समितिको सोमबार सिँहदरवारमा बसेको बैठकले प्राविधिक सेवा तर्फका पाँच उपसचिवलाई ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहबाट कुमार थापा, शङ्कर पण्डित, शम्भु कार्की र […]