अझैं रोकिएन स्वदेश फर्किनेको लस्कर (फोटो फिचर)

धनगढी : भारतमा दोस्रो लहरको कोरोना भाइरसको संक्रमण बढेसँगै त्यहाँ रहेका नेपालीहरू स्वदेश फर्किने क्रम बढ्दो छ। भारतका बिभिन्न सहरहरुमा कोरोनाले भयावह रूप लिएपछि रोजगारीका लागि भारत पसेकाहरु धमाधम स्वदेश फर्कन थालेका हुन्।कोरोना कहरले रोजगारी खोसिएपछि ज्यान जोगाउनकै लागि भए पनि स्वदेश भित्रिनु परेको उनीहरु बताउँछन्। हाल कैलालीको त्रिनगर नाकाबाट दैनिक एकहजार देखि डेढ हजार सम्म नेपालीहरु स्वदेश फर्किरहेका छन्।दैनिक लाखौँको संख्यामा कोरोना संक्रमित थपिदै गएपछि भारतका बिभिन्न शहरमा लकडाउन जारी ग