रास्वपा सभापति लामिछानेको उम्मेदवारी वारेसनामामार्फत दर्ता

चितवन। यही २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनले रास्वपा भरतपुर महानगर सभापति सीता ज्ञवालीको वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत देवीराम भण्डारीले वारेसनामामार्फत उम्मेदवारी दर्ता भएको जानकारी दिए। लामिछानेको प्रस्तावकमा […]