यात्रुले आपतकालीन ढोका खोल्दा बुद्धको जहाज रोकियो

काठमाडौं– यात्रुले जहाजको आपतकालीन ढोका खोल्दिँदा बुद्ध एयरको उडान नै प्रभावित बन्न पुगेको छ । बुधबार भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नं. ८५२ (जहाज–एन–एएमडी)मा यात्रु सुमन गौतमले अनाधिकृत रूपमा आपत्कालीन ढोका खोलेका कारण उक्त उडान ढिलो भएको हो । यात्रु गौतमलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको बुद्ध एयरले जनाएको छ […]