गृहमन्त्री बालकृष्ण खाणका नीजि सुरक्षा अधिकृत (वरिष्ठ प्रनानी) टंक कार्कीलाई मन्त्रीको सचिवालयबाट फिर्ता बोलाइएको छ । वरिष्ठ सई कार्कीमाथि प्रहरी वृत गौशालाको हिरासत दुरुपयोग गरेर एकजना युवकलाई थुनामा राखेको र पक्राउ परेकाको गाडीमा फेला परेको ४ लाख नगद ‘गायव’ बनाएको आरोप छ ।वरिष्ठ सई कार्कीलाई छानविनका लागी हेडक्वार्टरमा झिकाइएको प्रहरी प्रवक्ता (डिआईजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए । असार १६ मा चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर–४ घर भएका एकजना युवकलाई काठमाडौंक