बुटवल । बुटवल–नारायणगढ सडक विस्तार कार्य सम्पन्न गर्ने म्याद एक महिनामात्र बाँकी रहँदा एक चौथाइसमेत काम हुन सकेको छैन । २०७५ सालमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक विस्तारको काम ४२ महिनामा सक्ने गरी सम्झौता भएको थियो । तर ४१ महिना बित्दा करिब १९ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।अबको एक महिना अर्थात् २२ साउनभित्र सक्ने गरी निर्माणको जिम्मा लिएको कम्पनीले निर्माण सम्पन्न गर्ने म्याद एक वर्ष थप गर्न निवेदन दिएको छ । तर सो निवेदनको विषयमा कुनै निर्णय नभएको सड