काठमाडौं : नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनले ठेकेदार माधवप्रसाद काफ्लेसँग मिलेमतोमा शहरी सेवा केन्द्र रत्नपार्कमा रहेका स्वरोजगार श्रमिकहरुमाथि काठमाडौं महानगरपालिकाले ज्यादती गरेको आरोप लगाएको छ।संगठनले आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै महानगरको आतंक बन्द नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। गत कात्तिक ११ गते काठमाडौं महानगरपालिकाले दिएको पसल बन्द गर्ने निर्देशनलाई व्यापारीले पालना गरेर वार्तापछि २ वर्ष म्याद थप्ने सहमति भएपनि चैत २१ गते व्यापारीहरूलाई कुनै जानकारी नै नदिएर ९ व