अस्ट्रेलिया छैटौँ पटक महिला टी-२० विश्व कप क्रिकेटको च्याम्पियन, दक्षिण अफ्रिका १९ रनले पराजित

काठमाण्डाै - अस्ट्रेलियाले छैटौँ पटक महिला टी-२० विश्व कप क्रिकेटको उपाधि जितेको छ । केपटाउनमा गएराति भएको फाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १९ रनले हराएको हो । अस्ट्रेलियाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि लौरा वुलभर्टले ६१ रनको अर्धशतकीय पारी खेलिन् । यस्तै,  चलोइ ट्रायनले २५, मरिजानी कप्पाले ११ र ताजमिन ब्रिटिसले १० रन बनाइन् । अस्ट्रेलियाका लागि  मेगन स्कुट, एश गार्डनर, डारसी ब्राउन र जेस जोनासे...