मानसिक स्वास्थ्य अन्तरंग सेवा सञ्चालन हुने अस्पताल

काठमाडौं, २२ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक स्वास्थ्य अन्तरंग सेवा सञ्चालन गर्न केही अस्पतालहरुलाई परिपत्र गरेको छ । मन्त्रालयले मानसिक रोग सम्बन्धि सेवा विस्तारका लागि१३ वटा अस्पतालहरुलाई १० शैया सहितको सेवा सञ्चालन गर्न परिपत्र गरेको हो । मन्त्रालयले मेची अस्पताल, भद्रपुर झापा, कोशी अस्पताल, विराटनगर कोशी, राजविराज अस्पताल, सप्तरी, जनकपुर अस्पताल, धनुषा, वीरगञज […]

सम्बन्धित सामग्री

प्रदेश सरकारद्वारा दमौली अस्पताललाई रु एक करोड ४३ लाख बजेट

गण्डकी प्रदेश सरकारले तनहुँको सदरमुकामस्थित दमौली अस्पताललाई रु एक करोड ४३ लाख ६४ हजार बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ का लागि अस्पताललाई उक्त बजेट विनियोजन गरेको हो । अस्पताल सुृदढीकरण, आँखा सेवा, डायलायसिस सेवा, एम्बुलेन्स खरिद, औषधि खरिदलगायतका शीर्षकमा प्रदेश सरकारले बजेट विनियोजन गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार विपद् पूर्वतयारीसम्बन्धी कार्यक्रमका लागि रु एक लाख ५० हजार, एनसीयु एनआइसीयु सेवा निरन्तरताका लागि रु १० लाख दुई हजार, डायलायसिस सेवा सञ्चालन तथा निरन्तरताका लागि रु १० लाख दुई हजार, नसर्ने रोग (क्यान्सर, मुटुरोग, मिर्गौला, दीर्घश्वासप्रश्वास रोग) तथा मानसिक स्वास्थ्य क्लिनिक कार्यक्रम सञ्चालन तथा निरन्तरताका लागि रु नौ लाख, अस्पताल सुदृढीकरण कार्यक्रम, बृहत् आकस्मिक प्रसूति तथा नवशिशु स्याहार सेवा सुदृढीकरणका लागि रु ३४ लाख ५० हजार बजेट विनियोजन भएको छ ।