कुमारी बैंकको सिस्टम ह्याक गरिदिने धम्की

अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिस्टम ह्याक गर्ने धम्की दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रूप नाम गरेको इमेलबाट ह्याकरले सिस्टम ह्याक गर्ने चेतावनी सहितको धम्की आएको बैंकले जनाएको छ । बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले ह्याक गर्ने धम्की आएपछि बैंकको सबै सिस्टम बन्द गरिएको जानकारी दिए । उनका अनुसार ह्याकरले चेतावनी दिनासाथ सिस्टम बन्द गरिएको थियो । आवश्यक परीक्षणपछि बैंकका सबै सिस्टम खोल्ने तयारी गरिएको छ । धम्की कहाँबाट आयो भन्ने विषयमा थप अध्ययन गरिरहेको बैंकले जना...

सम्बन्धित सामग्री

कुमारी बैंकको सिष्टम ह्याक गर्ने चेतावनी

अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको चेतावनी आएको बैंकले जनाएको छ । बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले ह्याक गर्ने धम्की आएपछि बैंकको सबै सिष्टम बन्द गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ह्याकरले चेतावनी …

कुमारी बैंक ह्याक गर्ने चेतावनी, राष्ट्र बैंकले भन्यो : सिस्टम सुरक्षित छ

कुमारी बैंकलाई बैंकको प्रणाली ह्याक गर्ने भन्दै ह्याकरले चेतावनी दिएको छ । बैकलाई अज्ञात समूहले इमेल लेख्दै सिस्टम ह्याक गर्ने चेतावनी दिएको कुमारी बैंक स्रोतले जनाएको छ । चेतावनी आएसँगै बैंकले सोबारे नेपाल राष्ट्र बैंकले जानकारी गराएको छ । राष्ट्र बैंकले अहिले प्रणालीहरू सबै सुरक्षित रहेको बताएको छ । तैपनि सचेत रहन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख देवकुमार ढकालले लोकान्तरलाई जानकारी दिए । उनले भने,'हामीले अहिले सबै बैंक...

बैंकिङ सिष्टम ह्याक प्रकरण : नेपाल राष्ट्र बैंकले भन्यो - डराउनु पर्दैन

साउन ७, काठमाडौं । नेपाल राष्ट्र बैंकसहित १५ ओटा बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ ।  बुधवार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको छ । बुधवार साँझ इमेल आए तापनि बिहीवार बिहानै सिष्टम ह्याक गरी रकम निकाल्ने म्यासेज आएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख एवं प्रवक्ता देवकुमार ढकालले जानकारी दिए । उनका अनुसार आफूलाई ह्याकर बताउने समूहले राष्ट्र बैंकसहित १५ ओटा वाणिज्य बैंकको सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज भाइबर र म्यासेन्जरमा प्राप्त भएको थियो । ‘मलाई भाइबर र म्यासेन्जरमा यस्तो म्यासेज प्राप्त भएको थियो, हामीले हाम्रो (नेपाल राष्ट्र बैंकको) र बैंकहरूको सिस्टम चेक गर्‍यौँ, हाम्रो सिस्टम सुरक्षित छ, ह्याक भएको छैन, डराउनुपर्ने अवस्था छैन’, उनले भने, ‘यो कार्य कानूनीरूपमा दण्डनीय हो, त्यसमाथि कारबाही हुन्छ ।’ उनका अनुसार इमेल र कल गर्ने व्यक्तिको विषयमा थप अनुसन्धान भइरहेको छ तर कसले त्यस्तो म्यासेज पठाएको भन्ने विषयमा हालसम्म केही खुलेको छैन ।  कसैले धम्क्याउने प्रयोजनका लागि पनि उक्त इमेल र फोन गरेको हुनसक्ने आशंका गरिएको बैंकका अधिकारीहरु बताउँछन् । ह्याकरले पठाएको भनिएको म्यासेजमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एशिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक इन्टरनेशनल, सानिमा बैंक, नेपाल एसबीआई, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम उल्लेख गरी ती बैंकको सिस्टम ह्याक गरेर रकम निकालिने बताइएको छ ।  साथै सो म्यासेजमा आफूले पठाएको सन्देशलाई हलुका रूपमा नलिन ह्याकरले चेतावनी पनि दिएको छ । रासस