एफए कपको सेमीफाइनल समीकरण पूरा

काठमाडौं  : एफए कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ।  आइतबार राति भएको क्वाटरफाइनलमा म्यानचेस्टर सिटी, क्रिष्टल प्यालेस र लिभरपुल विजयी भए। साउथह्याम्पटनलाई ४-१ गोल अन्तरले हराउँदै सिटी अन्तिम चारमा पुगेको हो। यस्तै लिभरपुलले नटिङ्घम फरेष्टविरुद्ध एक शूल्यको संघर्षपूर्ण जीत निकाल्दै अन्तिम चारमा स्थान बनायो।यस्तै क्रिष्टल प्यालेसले एभर्टनलाई ४-० गोल अन्तरले हरायो। यस अघि हिजो भएको खेलमा चेल्सीले  मिड्ल्सब्रोलाई २-० गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा पुगेको थिय

सम्बन्धित सामग्री

म्यान्चेस्टर युनाइटेडकाे जितसँगै एफए कपकाे क्वार्टर फाइनल समीकरण पूरा

काठमाण्डाै – इङ्ग्लिस एफए कपको क्वार्टर फाइनल समीकरण पूरा भएको छ । म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा डर्बी काउण्टी क्लबलाई तीन–शून्यले हराउँदै युनाइटेडले अन्तिम ८ मा स्थान पक्का गरेको हो । युनाइटेडलाई जिताउन  ओडिओन इगालोले द...