बैंकविरुद्ध व्यवसायीको चेतावनी, साँवा र ब्याज नतिर्ने अवज्ञा आन्दोलन चलाउँछौँ

पर्वत : नेपाल राष्ट्र बैंकको निर्देशन पश्चात् बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर नघटाएको भन्दै पर्वतका व्यवसायीहरूले विरोध जनाएका छन्।ब्याजदर घटाउने निर्णय भए पनि नघटाएर व्यवसायी र निक्षेपकर्ता सर्वसाधारणलाई मारमा पारेको भन्दै उद्योग वाणिज्य संघ पर्वतले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यमार्फत गभर्नर महाप्रसाद अधिकारीलाई ज्ञापन पत्र पठाएको छ। निजी क्षेत्रका समस्या सम्बोधनको लागि नेपाल सरकार, अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकबाट चालिएका कदम सकारात्मक रहेको भए पनि पालना