हराउँदै देउसी भैलोको मौलिकता र नेपालीपन

सल्यान : तिहार झिलीमिली बत्तीको पर्व हो। तिहार बत्तीको पर्वसँगै अर्को महत्वपूर्ण पक्ष देउसी र भैलोलाई पनि लिने गरिन्छ। परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता हराउँदै गएको पाइन्छ।तिहार शुरु भएसँगै टोलटोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बूढापाकासम्मलाई मनोरञ्जन दिए पनि आधुनिक शैली अँगाल्दा मौलिकता भने गुमाउँदै गएको छ।देउसी र भैलोमा बज्नुपर्ने मादल, खैँजडी र बाँसुरीको साटो अचेल साउन्ड सिस्टमबाट नेपाली‚ हिन्दी आधुनिक र र्&zw