नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको नाबालिग बलात्कारको आरोप अस्वीकार गरेका छन् । उनले आफूलाई आधारहीन आरोप लगाइएको दाबी गरेका छन् । यद्यपि कानुनको सम्मान गर्दै आधारहीन आरोपको सामना गर्न आफू तयार रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफूमाथि लागेको आरोपबारे बोल्दै उनले सही अनुसन्धानमा पनि जोड दिएका छन् । उनले कानुन सबैलाई बराबर हुने पनि स्मरण गराएका छन् । ‘म निर्दोष छु र मलाई नेपालको कानुनप्रति पूर्ण भरोसा छ’, लामिछानेको जिकिर छ ।