वीरगञ्जमा पहिलोपटक वायु प्रदूषण मापन शुरु

मंसिर १२, वीरगञ्ज । वीरगञ्जमा वायु प्रदूषण मापन थालिएको छ । अमेरिकी सरकारले अनुदानमा दिएको ‘ब्लुस्काइ डिभाइस’मार्फत पहिलोपटक  प्रदूषण मापन शुरु भएको हो ।  वीरगञ्ज महानगरपालिका वडा नं ३१ स्थित सोलखपुरमा जडान गरिएको ती डिभाइस मार्फत प्रदूषण मापन गर्न थालिएको जानकारी दिइएको छ । डिभाइस यहाँको प्रदूषणको मात्रा यकिन गर्नेछ । महानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख इञ्जीनियर सुनिलकुमार कर्णका अनुसार त्रिभुवन विश्वविद्यालयको वातावरण विभागसँग समन्वय गरी ती उपकरण जडान गरिएको हो । मुलुकको सबैभन्दा ठूलो पर्सा–बारा औद्योगिक करिडोरको ठूलो हिस्सा यही पर्छ । यहाँका धेरै उद्योगले औद्योगिक प्रदूषण नियन्त्रणका लागि कदम नचालेकाले प्रदूषण बढेको जनगुनासो लामो समयदेखि रहिआएको छ । महानगरमा जनघनत्व उच्च छ । सवारीसाधनको संख्या पनि बढ्दो छ ।  करिडोर भएर बग्ने सिर्सिया खोलामा उद्योगबाट निस्कने प्रदूषित पानी, रासायनिक पदार्थ, खरानी आदि वस्तु प्रशोधन नगरी फाल्दै आइएको छ । यसबाट पछिल्लो समय सिर्सियासमेत अत्यधिक प्रदूषित बनेको छ ।  शाखाले यसअघि नै महानगर क्षेत्रमा रहेका उद्योगले गर्ने प्रदूषणको मापन गर्ने गृहकार्य शुरु गरिसकेको जानकारी दिएको छ । यसका लागि महानगर क्षेत्रमा रहेका उद्योगको लगत संकलन कार्य सम्पन्न भइसकेको इञ्जीनियर कर्णले जानकारी दिए ।  ‘वीरगञ्ज उद्योग वाणिज्य संघसँगको समन्वयमा उद्योगले के–कति परिमाणमा हावा, पानी, ध्वनि, धुँवा, धुलो, ताप आदिको प्रदूषण गरिरहेका छन्, त्यसको मूल्यांकन भइरहेको छ’, उनले भने । सम्बन्धित उद्योगहरूले प्रदूषण गरेको यकिन भए नियन्त्रणका लागि सुझाव र निर्देशन दिने र अटेर गरे कारबाही गरिने छ । उनका अनुसार यहाँ साना, मझौला र ठूला गरी करीब २०० उद्योग सञ्चालनमा छन् । महानगर र त्रिविको संयुक्त विशेषज्ञ टोली प्रत्येक उद्योगमा स्थलगतरूपमै पुगेर त्यहाँबाट भइरहेको वातावरण प्रदूषणको मूल्यांकन गर्ने काम गरिरहेको छ । रासस

सम्बन्धित सामग्री

काठमाडौँ उपत्यकामा बढ्यो वायु प्रदूषण (तस्वीरहरू)

काठमाडौँ : काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ। फागुनको दोस्रो साता भइसक्दा पनि पारिलो घाम लाग्न सकेको छैन।लामो समयदेखि वर्षा नभएपछि वायु प्रदूषण बढेको हो।

चिसोसँगै वायु प्रदूषण बढ्यो

चिसोको समय बढेसँगै वायु प्रदूषण पनि बढ्दै गइरहेको छ । चिसो हावाका कारण धुलोका कणहरू वायुमण्डलमा नै तैरिनु, तुँवालोले प्रदूषण एकै ठाउँमा रहँदा प्रदूषण बढेको वातावरणविद्हरूको भनाइ छ । सरकारले आर्थिक वर्ष २०७७/०७८ र ०७८/०७९ मा चिसोको समयमा अत्यधिक वायु प्रदूषण बढेका कारण संकटकाल नै घोषणा गरेको थियो । संकट आएपछि मात्रै तयारी थाल्ने सरकारले […]

उच्च बन्दै वायु प्रदूषण

काठमाडौं, पुस ५ । नेपालमा वायु प्रदूषण उच्च बन्दै गएको छ। मनसुन बिदा भएपछि बढ्दै गएको वायु प्रदूषण उच्च हुँदै गएको वातावरण विभागले जनाएको छ। हिउँदे सुक्खायाम र चिसोसँगै बढ्दै गएको प्रदूषण वर्षा भएपछि मात्र केही मत्थर हुने विभागका वातवरणविज्ञ गोविन्द लामिछानेले बताए । उच्च हुँदै गएको वायु प्रदूषण रोक्न सक्ने अवस्था नहुने भएकाले अनुकूलनका […]

उपत्यकामा वायु प्रदूषण बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण झन् बढेको छ । वायुको गुणस्तर अध्ययन तथा विश्लेषण गर्ने स्वीस कम्पनी आईक्यूएयरले सार्वजनिक गरेको पछिल्लो रिपोर्टमा उपत्यकाको वायु प्रदूषण मापन सूचक एक्यूआई १६२ पुगेको देखाइएको हो । एक्यूआई १५० भन्दामाथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको मानिन्छ । विषाक्त वायुले स्वास्थ्यमा समस्या ल्याउन सक्ने भन्दै विज्ञहरुले […]

काठमाण्डौ बन्यो विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर

काठमाण्डाै – काठमाण्डौ विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर बनेको छ । काठमाण्डौमा अहिले वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ६२ रहेको छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको मानिन्छ ।  विश्वका प्रदूषित सहरहरूको सूचीको दोस्रो नम्बरमा भारतको कोलकत्ता परेको छ । कोलकत्तामा वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ५९ रहेको छ । एक्यूआई एक सय ५३ रहेको बङ्गलादेशको ढाका विश्वमा वायु प्रदूषण बढी रहेको देशको सूचीमा तेस्रो नम्बरमा छ ।  नेपालको पोखरा, सिमरा, भरत...

पाेखराकाे वायु प्रदूषण घातक अवस्थामा

काठमाण्डाै – पोखराको वायु प्रदूषण मानव स्वास्थ्यका लागि घातक अवस्थामा पुगेको छ । अहिले पोखरामा वायु प्रदूषण मापन सूचक एक्यूआई दुई सय १७ पुगेको छ ।  एक्यूआई दुई सय भन्दा माथि पुग्नुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि घातक मानिन्छ । यस्तै एक्यूआई एक सय ५० भन्दा माथि पुग्नुलाई त्यहाँको हावाको अवस्था मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।  अहिले बाराको सिमरा, चितवनको भरतपुर, बाँकेको नेपालगञ्ज, काठमाण्डौको कीर्तिपुर, धनकुटा लगायतका ठाउँको वायु प्रदूषण हानिकारक अवस्थामा रहेको वातावरण विभागले जनाएको छ ...

दिल्लीका घर र भवनभित्र पनि अत्याधिक वायु प्रदूषण

काठमाण्डाै - भारतको राजधानी दिल्लीका घर र भवनभित्र पनि अत्याधिक वायु प्रदूषण रहेको एउटा नयाँ अध्ययनले देखाएको छ । अध्ययनले भवनभित्र पाइएको पीएम २.५ भनिने फोक्सोलाई बिगार्ने प्रदूषकको मात्रा नजिकै खुल्ला ठाउँमा रहेका सरकारी वायु प्रदूषण मापन यन्त्रमा भन्दा बढी भएको देखाएको छ । तर धेरैजसोले घरभित्र प्रदूषण घटाउन आवश्यक सतर्कता अपनाउनै नचाहेको पाइएको छ । अध्ययनले धनी र गरिब व्यक्ति दुवै व्यक्तिका घर भित्र  वायु  प्रदुषण पाइएको उल्लेख गरेको छ । धनी परिवारमा वायु प्रदूषण कम गर्ने एअर प्युरिफाएर हुने सम्भावना १३ प्र...

काठमाण्डौसहित देशभरको वायु प्रदूषण बढ्यो

काठमाण्डाै – काठमाण्डौसहित देशभरको वायु प्रदूषण फेरि बढेको छ । घाम लागेसँगै केही दिन वायु प्रदूषण घटेको भए पनि अहिले देशका धेरैजसो प्रदूषण मापन केन्द्रहरूले प्रदूषण बढेको देखाएका छन् । अहिले काठमाण्डौको रत्नपार्कमा रहेको वायु प्रदूषण मापन केन्द्रको तथ्याङ्कअनुसार काठमाण्डौमा हावाको प्रदूषण मापन सूचक एक्यूआई एक सय ६० नाघेको छ । एक्यूआई एक सय नाघेपछि त्यहाँ मानिसका लागि अस्वस्थ वातावरण भएको मानिन्छ ।अहिले तराई क्षेत्रको प्रदूषण झनै बढेको छ । सिमरा र विराटनगरका केन्द्रहरूले एक्यूआई दुई सय नाघेको देखाइरहेका छन् । एक्य...

बालबालिकाको शत्रु वायु प्रदूषण

वायु प्रदूषण बाल स्वास्थ्यका लागि प्रमुख खतरामध्ये एक मानिन्छ, पाँच वर्षभन्दा कम आयुका बालबालिकामा १० मध्ये एक मृत्युका लागि वायु प्रदूषण नै जिम्मेवार ठानिन्छ।...

भयावह बन्दै वायु प्रदूषण

विगत केही दिनदेखि काठमाडौं उपत्यकासहित देशभरको वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ । यो जनस्वाथ्यका हिसाबले चिन्ताको विषय हो । उपत्यकामा जडान गरिएको वायु प्रदूषण मापक स्टेसनले वायु प्रदूषण निकै अस्वस्थकर भएको देखाएको छ । वातावरण विभागको वेबसाइटमा अघिल्लो शुक्रबार साँझ ललितपुरको भैंसेपाटीमा रहेको वायु गुणस्तर सूचकांक अक्वा ४ सय ४७ रेकर्ड हुन पुग्यो । […]