बाँचुञ्जेल राम्राे काम गर्ने हाे, मरेपछि मान्छे न बेइमान हुन सक्छ न इमानदार - प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई स्वार्थबाट लपेटिएका मान्छेहरू भनी टिप्पणी गर्नुभएको छ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालजस्ता मान्छेहरूलाई सानो–सानो विषयले ठूलै असर गर्ने भएकाले हिजो चितवनमा ‘मुह मिठा’ गर्नुभएको भनी प्रधानमन्त्री ओलीले टिप्पणी गर्नुभएको छ । सर्वोच्चको फैसलापछि बुधवार दिउँसो पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएका प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलालाई आफूले सामान्य रूपमा लिएको बताउनुभयो ।उहाँले भन्नुभयो, ‘मैले प्रधानमन्त्रीम...