मेस्सी पीएसजी गएपछि बार्सिलोना आज पहिलो खेल खेल्दै

काठमाण्डाै - स्पेनिस ला लिगामा आज दुई खेल हुँदैछन् । स्टार खेलाडी लियोनल मेस्सी पीएसजी गएपछि बार्सिलोनाले नाउक्याम्पमा पहिलो खेल खेल्न लागेको हो । बार्सा र रियल सोसिडाडबीचको खेल राति पौने १२ बजे हुँदैछ । ला लिगामा आजै सवा नौ बजे सेल्टाभिगो र एथ्लेटिको मड्रिड खेल्दैछन् । स्पेनिस ला लिगामा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । रियलले डिपोर्टिभो एलाभेसलाई ४–१ ले हराएको हो । रियलको जितमा करिम बेन्जेमाले दुई तथा नाचो फर्नान्डेस र भिनि जुनियरले एक/एक गोल गरे । एलाभेसका जोसेलुले पेनाल्टीमार्फत एक गोल फर्काए । ग...