प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन सिफारिस समितिलाई सभामुखको आग्रह

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अध्ययन अघि बढाउन समितिलाई आग्रह गरेका छन्। सभामुख सापकोटाले बुधबार आह्वान गरेको समितिको प्रारम्भिक सहजीकरण बैठकमा यस्तो प्रतिवद्धता जनाएका हुन्।