एमसीसीमा माधव नेपालको पार्टीले के गर्ला ?

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्नेबारे नेकपा एमालेजस्तै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी पनि अलमलमा छ । एमसीसी संसदमा टेबल भएमा पार्टीले के गर्ला भन्ने रातोपाटीको प्रश्नमा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराज श्रेष्ठको व्याख्या यस्तो छ–एमसीसीबारे हामीले पार्टीको औपचारिक बैठकबाट ठ्याक्कै कुनै निर्णय गरिसकेका छैनौं । पार्टीमा यो छलफलको विषयचाहिँ बनेको छ । विगतमा छलफल भएर एउटा धारणा बनेको भनेको एमसीसी सम्झौतामा रहेका