नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ पछि आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । कैलालीको अत्तरियामा आज आयोजित वृहत् आमसभालाई सम्बोधन गर्दै उनले उक्त दाबी गरेका हुन् । सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धन विकास र समृद्धिको बाधक भएकाले जनताले एमालेलाई नै मतदान गरेर देशको नेतृत्व दिलाउने बताए ।उनले भने– ‘मङ्सिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्छ, राष्ट्रिय महत्वका योजना अघि बढ्छन् ।’ अध्यक्ष ओलीले गठबन्धनमा आबद्ध दलका नेतालाई देशको विका