सहकारीमा समस्या निम्तिनुका कारण

अघिल्लो आलेखमा सहकारी संस्थाहरूमा अहिले देखिएको संकटका कारणहरू संक्षेपमा केलाउने प्रयास गरिएको थियो । अब यहाँ भने सहकारीमा देखिएको त्यस्तो संकटले समग्र अर्थतन्त्रमा कस्तो प्रभाव पार्ला भनेर विवेचना गर्ने प्रयास गरिएको छ ।  सहकारी विभागले गत २०७८ फागुनमा जारी गरेको निर्देशनमा सहकारी संघसंस्थाहरूले प्रवाह गरेको कुल ऋणको कम्तीमा ५१ प्रतिशत उत्पादन तथा आयमूलक (कृषि तथा वन पैदावार, पर्यटन, जलस्रोत, शिक्षा, स्वास्थ्य, सञ्चार, श्रम र शीपमा आधारित) व्यवसायमा लगानी गर्नुपर्ने उल्लेख छ । तर, नियामकको प्रभावकारी नियमनको अभावमा सहकारीहरूको करिब ९० देखि ९५ प्रतिशतसम्म लगानी घरजग्गामै रहेको संकटग्रस्त सहकारीमार्फत स्पष्ट हुन आएको छ । होइन भने अन्य क्षेत्रमा लगानी गरेर सहकारीहरूले बचतमा उच्च ब्याज प्रदान गर्ने सामथ्र्य नै राख्ने थिएनन् ।  भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको कारोबारमा केही वर्षदेखि नै मन्दी छाइरहेको देखाएको छ । विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा रजिस्ट्रेसनबापत ५५ अर्ब ३५ करोड रूपैयाँ राजस्व संकलन भएकोमा २०७८/७९ मा ४४ अर्ब ५२ करोड रूपैयाँ मात्र संकलन भएको थियो ।  त्यसै कारणले पनि घरजग्गा कारोबारमा मन्दी आएसँगै पछिल्लो समय सहकारी संस्थाहरूमा असन्तुलन देखिएको र त्यसले अर्थतन्त्र माथि नै गम्भीर प्रभाव पार्ने चिन्ता व्यक्त गर्न थालिएको छ । त्यस्तो चिन्ता कति जायज होला, संक्षेपमा चर्चा गरौँ । तथ्यांकलाई आधार लिने हो भने पनि बैंक तथा वित्तीय संस्थाहरूले अहिले करीब ६ खर्ब रूपैयाँ विभिन्न किसिमका आवास तथा घरजग्गा कर्जा शीर्षकमा ऋण प्रवाह गरेका छन् । अनि, घरजग्गासम्बन्धी सबै किसिमका ऋणमा बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको २५ प्रतिशत नकट्ने गरी मात्र लगानी गर्न पाउँछन् । त्यसैले घरजग्गा कारोबारमा आएको मन्दीले समस्या निम्त्याउन सक्ने भनेको बैंकहरूको घरजग्गा सम्बन्धी कर्जामै हो । तर, बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितोमा ऋण दिँदा सरकारी मूल्यांकन र चलनचल्तीको कारोबार मूल्य दुवैलाई आधार मान्ने गरेको कारण पनि के भन्न सकिन्छ भने अहिले देखिएको घरजग्गा कारोबारमा आएको मन्दीले बैंक तथा वित्तीय संस्थालाई त्यति गम्भीर प्रभाव पार्दैन । बैंक तथा वित्तीय संस्थलाई नै खास प्रभाव नपारेपछि त्यसले समग्र देशको अर्थतन्त्रमा पनि खासै दीर्घकालीन प्रभाव नपार्ने अनुमान गर्न सकिन्छ । सहकारीको मर्म र सिद्धान्तअनुरूप चलेका ग्रामीण क्षेत्रमा सञ्चालित सहकारीहरूमा होइन बरु केही शहरी क्षेत्रका र खास गरी निजी व्यापार र परिवारवादका रूपमा चलेका सहकारी संस्थाहरूमा अहिले समस्या देखिएको हो । सहकारी क्षेत्रमा मात्र ४ खर्ब ७८ अर्ब ३ करोड रुपियाँको बचत संकलन रहेको छ भने सो क्षेत्रबाट प्रवाह भएको कर्जाको राशि ४ खर्ब २६ अर्ब ३५ करोड रुपियाँ रहेको छ । यस्तो राशि समग्र बैंक तथा वित्तीय संस्थामा निक्षेपको रूपमा ५३ खर्ब ६३ अर्ब ३४ करोड रुपियाँ र कर्जाको रूपमा ४७ खर्ब ४९ अर्ब २८ करोड रुपियाँ प्रवाह भएको छ ।  यसबाट बैंक तथा वित्तीय संस्था र सहकारीमार्फत परिचालन भएको बचतको आधारमा सहकारीको मात्र अंश हेर्ने हो भने ८ दशमलव १८ प्रतिशत रहेको पाइन्छ भने कर्जाको अंश ९ दशमलव ३१ प्रतिशत देखिन आउँछ । फेरि बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप मध्ये १० प्रतिशत माथिको निक्षेपमा सहकारी क्षेत्रकै योगदान रहेको पनि तथ्यांकले देखाएको छ । प्रत्यक्ष रूपमा ७३ लाख ८१ हजार जना सहकारीमा सदस्यको रूपमा रहेका छन् र शेयर पूँजी मात्र ९४ अर्ब रहेको छ । सहकारी क्षेत्रले ९३ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । यी तथ्यहरूको आलोकमा अहिले जसरी जुन कारणले केही ठूला सहकारीमा समस्या देखिएका छन्, ती कारणहरू विद्यमान रहुन्जेल यस्ता समस्या अन्य सहकारीहरूमा पनि नदेखिएला भन्न सकिन्न र कथम् आम रूपमा सहकारी क्षेत्रमा नै यस्तो समस्या देखापर्‍यो भने चाहिँ त्यसले समग्र अर्थतन्त्रमाथि त्यसको विकराल प्रभाव नपर्ला भन्न सकिन्न ।  यति हुँदा हुँदै पनि भुल्न नहुने कुरा के हो भने अहिले देखिएको समस्या आम रूपमा सहकारीमा देखिएको समस्या होइन । र, आज पनि देशका अधिकांश सहकारीहरू सफल रूपमा सञ्चालित नै छन् । विशेषगरी हालैका केही वर्षहरूमा ओरेण्टल, सिभिल, गौतमश्री देउराली, बराह, शिव शिखर, सुमेरु लगायतका ठूला र शहरकेन्द्रित सहकारी संस्थाहरूमा समस्या देखिँदा सुशासनमा चलिरहेका अन्य अधिकांश सहकारी संस्थाहरूप्रतिको दृष्टिकोण पनि नकारात्मक बन्न पुगेको छ ।  खासमा सहकारीको मर्म र सिद्धान्तअनुरूप चलेका ग्रामीण क्षेत्रमा सञ्चालित सहकारीहरूमा होइन बरु केही शहरी क्षेत्रका र खास गरी निजी व्यापार र परिवारवादका रूपमा चलेका सहकारी संस्थाहरूमा अहिले समस्या देखिएको हो । त्यसो हुनुमा विद्यमान कानूनमा भएका केही छिद्रहरूले पनि काम गरेका छन् । आयकर ऐन २०५८ को दफा ११ मा सहकारी ऐन, २०७४ बमोजिम दर्ता भई सञ्चालित कृषि वा वन पैदावारमा आधारित केही प्रकृतिका सहकारी संघसंस्था र गाउँपालिका कार्यक्षेत्र भएका वित्तीय कारोबार गर्ने सहकारीहरूले गरेको आयमा कर नलाग्ने व्यवस्था गरिएको छ । यसैको फाइदा उठाउन सहकारीलाई मुकुण्डो बनाएर वित्तीय कारोबार गर्नेहरूका कारण सहकारीमा समस्या देखिएको सहजै अनुमान गर्न सकिन्छ । खासगरी अहिले घरजग्गा कारोबारमा आएको मन्दीको पछाडि बैंक तथा वित्तीय संस्थामा देखापरेको तरलता संकुचनको अवस्थाले पनि मलजल नै गरेको थियो । तर, अहिले आएर बिस्तारै बैंकहरूमा तरलताको सुविधा बढ्दै गएको कारण त्यसले न्यून ब्याजदरका लागि दबाब सिर्जना गर्दै गएको छ । यसबाट बिस्तारै निकट भविष्यमा वित्तीय सहजताका साथ सहकारीले पनि राहत महसूस गर्ने अपेक्षा गर्न सकिन्छ । त्यस अर्थमा पनि अहिलेको सहकारी संकटले अर्थतन्त्रमा गम्भीर प्रकृतिको प्रभाव पार्ला कि भनेर भयभीत हुनुपर्ने देखिन्न । त्यसैले समग्रमा भन्नु पर्दा अल्पकालमा व्यष्टि रूपमा निश्चित वर्ग र समुदायमाथि भने अत्यन्त गम्भीर प्रभाव पारे पनि यो संकटले समष्टिगत रूपमा समग्र अर्थतन्त्रमाथि भने गम्भीर प्रभाव पार्ने निष्कर्ष निकाल्नु हतारो हुनेछ ।  तर, यति भए पनि सबैभन्दा मुख्य कुरा अहिले देखिएको सहकारी समस्याले आम रूपमा सहकारी र बैंक तथा वित्तीय क्षेत्र माथिको जनविश्वास डगमगाउने अवस्थाको सिर्जना गर्ला कि भन्ने आशंका भने उब्जिएको छ । सहकारीहरूमा समस्या देखिन थालेपछि बचतकर्ताहरूले धमाधम पैसा फिर्ता माग्न थालेका छन् । दबाब सिर्जना भएपछि बचतकर्तालाई एक दिनमा पाँच प्रतिशतभन्दा बढी रकम फिर्ता नदिन सहकारी सहजीकरण संयन्त्रले गत साउन २१ गते नै आह्वान गरिसकेको छ । यसरी विश्वास डगमगाएर पैसा फिर्ता माग्ने लाइन बढ्न थाल्यो भने सहकारी मात्र होइन अब्बल मानिएका बैंकहरूलाई समेत संकट पर्न सक्छ । लेखक बैंकर हुन् । 

सम्बन्धित सामग्री

आर्थिक अभावका कारण मिर्गौला रोगीको उपचारमा समस्या

तुलसीपुर : सरकारले मिर्गौलाका विरामीलाई निःशुल्क डाइलासिस सेवा दिए पनि आर्थिक अभावका कारण उनीहरूलाई त्यो सेवा लिन समस्या भएको छ।दाङमा राप्ती प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लमहीको सामुदायिक डाइलासिस सेन्टरमा गरी डेढ सयभन्दा बढीले नियमित डाइलासिस गराउँदै आएका छन्।लमही नगरपालिका-९ तेलियाकी कौशिला चौधरीले ३५ वर्षीय श्रीमान् करमलाल चौधरीका दुबै मिर्गौला फेल भएपछि आर्थिक अभावका कारण उपचार गर्न समस्या भएको बताइन्। घरको कमाउने व्यक्ति नै विरामी भएपछि आफूहरूलाई धेरै समस्या भएको

पुरुषका कारण महिलामा यौनजन्य समस्या आउन सक्छ ?

यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी समस्या लिएर अस्पताल आउनेमा महिलाको संख्या अधिक हुन्छ । महिलाहरुमा यौनाङ्ग चिलाउने, संक्रमण हुने, सुन्निनेदेखि प्रजननका अरु समस्या देखिन्छन् । महिलाले झेल्ने यस्ता समस्याहरुमा स्वयं उनीहरुको मात्र त्रुटि हुँदैन । पुरुषको कारण पनि उनीहरु विभिन्न समस्या झेल्न बाध्य हुन्छन् । खासगरी पुरुषसँग हुने असुरक्षित यौन सम्बन्धले कतिपय संक्रमण हुनसक्छ । यौन […]

सिट बाँडफाँटका कारण गठबन्धनमा कुनै समस्या आउँदैन : डा. भट्टराई

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सिट बाँडफाँटका कारण गठबन्धनमा कुनै समस्या नआउने बताएका छन् । पार्टीको प्रदेशस्तरीय प्रशिक्षणका लागि धनगढी पुगेका नेता भट्टराईले धेरै दल भएका कारण गठबन्धनमा सिट बाँडफाँट गर्न ढिलाइ भए पनि समस्या नआउने बताए । सत्ता गठबन्धनमा धेरै दल भएका कारण आ–आफ्नो दाबी रहँदा समयमै सिट बाँडफाँट […]

आर्थिक अभावका कारण सुविनाको उपचारमा समस्या

८ जेठ, वीरगञ्ज । आर्थिक अभावका कारण बाराको कलैया उपमहानगरपालिका-२४ बेलवाडी श्रीपुरकी १५ वर्षीया बालिकाको उपचारमा समस्या भएको छ । स्थानीय मसायन अंसारीकी छोरी सुविना खातुनको उपचारमा समस्या भएको हो । सुविना, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मनहर्वामा कक्षा ८ को परीक्षा दिएर बसेकी छन् । ०७८ भदौंदेखि उनको जीउ सुन्निने, हातगोडा गल्ने, एक्कासी बेहोस हुने […]

कुनै व्यक्तिका कारण अर्थतन्त्रमा समस्या आएको होइन : पूर्वगर्भनर रावल

नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर डा. तिलक रावलले नेपालको अर्थतन्त्र गम्भीर मोडमा रहेको बताएका छन् । बुधबार नेपाल राष्ट्र बैंकको ६७ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वगर्भनर रावलले विश्व अर्थतन्त्रमा नै समस्या आएकाले नेपालको अर्थतन्त्रमा समस्या आउनु कुनै व्यक्तिको कारण मात्रै नभएको बताएका हुन्  । पछिल्लो समय बढ्दो आयातले भुक्तानी सन्तुलन बिगारेकाले मुलुकको अर्थतन्त्र दुर्घटना उन्मुख बनेको उनले बताए । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरोकारवाला सबै पक्ष मिलेर समस्या सम

चिसोका कारण विद्यालयमा पठनपाठन गराउन समस्या

रुकुमपूर्व– अत्यधिक चिसोका कारण जिल्लाका विद्यालयमा पठनपाठन गराउन समस्या भएको छ। हिमाली तथा उच्च लेकाली क्षेत्रमा अवस्थित विद्यालयमा हिमपातको कारण पठनपाठनमा समस्या भएको हो। माथिल्लो भेगका कतिपय विद्यालय बन्द भएका छन् भने कतिपय विद्यालय खुले पनि पठनपाठन सञ्चालन गर्न सकिएको छैन। कतिपय विद्यालयमा विद्यार्थी सङ्ख्या ह्वात्तै घटेको छ। जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मेकोटमा रहेको हिमालय माध्यमिक […]

टिपरका कारण विद्यालय आवात जावतमा समस्या, शिक्षक-विद्यार्थी आन्दोलित

काभ्रे, मंसिर ५ । टिपरका कारण विद्यालय आवात जावतमा समस्या भएको भन्दै काभ्रेको पनौतीका शिक्षक विद्यार्थी आन्दोलित भएका छन् । पनौतीको मुख्य राजमार्ग हुँदै अत्याधिक मात्रामा टिपर गुड्ने गति तीव्र भएका कारण दुर्घटना बढेको उनीहरुको भनाई छ । टिपरका कारण सो क्षेत्रमा पछिल्लो समय दुर्घटना समेत बढेका छन् । विद्यनलय समयमा टिपरका लागि वैकल्पिक बाटोको […]

‘सडक तथा खानेपानीका कारण केबल बिछ्याउन समस्या’

नेपाल विद्युत् प्राधिकरणले सडक तथा खानेपानी विभागलगायतका निकायका कारण अन्डर ग्राउन्ड केवल बिछ्याउने कामले गति लिन नसकेको स्पष्ट पारेको छ ।प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अन्डर ग्राउन्ड केवल बिछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका कारण समस्या खडा भएको उल्लेख गर्दै समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पहल गरिरहेको पनि जानकारी दिए । उनले ती […]

गण्डकीमा फेरि देखियो सेतो पुतलीका कारण आँखामा समस्या

२९ भदौ, पोखरा । यसवर्ष पनि गण्डकी प्रदेशमा सेतो पुतलीका कारण आँखामा समस्या देखिएर अस्पताल आउने बिरामी बढेका छन् । सिजनल हाइपरएक्युट पनुभिआइटिस (सापु) भनिने यो समस्या गण्डकी प्रदेशमा यो वर्ष भदौ १३ गतेपछि फेरि देखिएको छ । म्याग्दी बेनीका १८ वर्षीय युवक आँखामा समस्या देखिएपछि उपचारका लागि हिमालय आँखा अस्पताल पोखरा आएका थिए । […]

कोभिडको डेल्टा भेरिएन्टका कारण जिउ कुहिने र कान नसुन्ने समस्या देखियो

भारतीय चिकित्सकहरूले कोभिडको नयाँ भेरिएन्टका कारण मानिसको शरीरका अंग कुहिने र कान नसुन्ने समस्या देखिएको बताएका छन् ।  भाइरसका पुराना भेरिएन्टले यो समस्या नल्याएको उनीहरूको भनाइ छ ।  भारतमा बी१६१७.२ वा डेल्टा भेरिएन्टका कारण लाखौं मानिस संक्रमित भएका थिए र अस्पताल भरिभराउ भएका थिए । यो भेरिएन्ट अहिलेसम्मकै सबभन्दा संक्रामक भएको र यो निकै खतरनाक पनि भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।  कोभिडको लक्षणका साथै रोगीहरूमा कान नसुन्ने अनि रगत डल्लो परेर ग्यांग्रिन अर्थात् अंग कुहिएर फाल्नुपर्ने स्थिति समे...