सुनसरी : प्रदेश १ का दुवै उपमहानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायम गरेको छ। हामीले यो समाचार तयार पार्दासम्म सुनसरीको इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिका दुवैमा कांग्रेसले अग्रता कायम राखेको हो। धरानमा मंगलबार बिहानसम्म १७ हजार ४९५ मतगणना सकिएको छ। बिहानको मत परिणामअनुसार कांग्रेसका किशोर राई, जो ४ दलीय गठबन्धनका साझा उम्मेदवार हुन्। उनले ५१११ मत ल्याएका छन्।उनलाई लौरो चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार हर्क साङ्पाङले ४४५० मत ल्याएर पछ्याइरहेका छन्। अहिलेसम्म कांग्रेसका राई ६