कर्णाली प्रदेशमा अन्य प्रदेशको तुलनामा औद्योगिक विकासको अवस्था खुम्चिँदो छ । अहिलेसम्म प्रदेशमा मझौला तथा ठुला उद्योगको अवस्था शून्य छ । प्रदेश सरकारले बर्सेनि औद्योगिक विकास गर्ने भनेर नीति तथा कार्यक्रममा समेटे पनि अहिलेसम्म औद्योगिकीकरणको दिशामा कुनै काम हुन सकिरहेको छैन ।रोजगारी र अर्थतन्त्रको ठुलो हिस्सा ओगट्न सक्ने औद्योगिक क्षेत्रको विकासमा प्रदेश सरकारले तदारुकता नदेखाएको सरोकारवालाहरु बताउँछन् । प्रदेश सरकारले ‘प्रदेशलाई औद्योगिकीकरणतर्फ उन्मुख गराई औद्योगिक विकास गर्न निजी क