काठमाडौं ।भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी पाएकी छन् । अमेरिकाले राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्याएपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी पाएकी हुन् । रोयटर्सका अनुसार त्यहाँको सर्वोच्च अदालतले प्रशासनिक कामलाई निरन्तरता दिनु आवश्यक भएको भन्दै उपराष्ट्रपतिले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु उपयुक्त हुने जनाएको थियो । शनिबार अमेरिकाले भेनेजुएलामा आक्रमण गरेर राष्ट्रपति […]
एजेन्सी । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले देश कहिल्यै कुनै अन्य राष्ट्रको उपनिवेश नहुने स्पष्ट पार्दै अमेरिकाको आक्रमणप्रति कडा विरोध गर्नुभएकाे छ। उहाँले सरकारी टेलिभिजनमा सम्बोधका क्रममा अमेरिकी हस्तक्षेपलाई ॅजनताको चाहना मोड्न खोज्ने बरबर कदम’ भन्दै आलोचना गर्नुभएकाे हाे। आज भेनेजुएलासँग जे भइरहेको छ, त्यस्तै कुनै पनि स्वतन्त्र राष्ट्रसँग हुन सक्ने उहाँकाे भनाइ छ। तर धैर्यवान […]
मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ संगमचोकका भवकृष्ण घिमिरे (६०) को वर्षौंदेखिको दैनिकी थियो, एकाबिहानै गोठमा दूध दुहेर डेरी पुर्याउनु। गत २७ मंसिरमा पनि सधैँझैँ बिहानको ५ बजेतिर उनी दूध बेच्न जाँदै थिए। तर, त्यस दिन डेरी पुग्न सकेनन्। घरबाट निकै उत्साहका साथ निस्किएका उनी ५०० मिटर मात्र उत्तर लागेका थिए, सामुन्नेमा जंगली हात्तीको बथान नै उभिएको थियो। […]
सोलु हाइड्रोपावर लिमिटेडले पुस २९ गतेदेखि आफ्नो आईपीओ निष्कासन तथा बिक्री सर्वसाधारणका लागि खोल्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पूर्वमै शेयर बाँडफाँट गरिसकेको छ। कम्पनीको जारी पूँजी १० अर्ब रुपैयाँमध्ये २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्कासनको अनुमति प्राप्त भएको छ। यसमा […]