लुम्बिनीमा थन्किएका पाँचवटा विद्युतीय बस बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् । लुम्बिनीको वातावरण प्रदूषण न्यूनीकरण गर्न र लुम्बिनीसहितको बुद्ध सर्किटको यात्रा गराउन एसियाली विकास बैंकले अनुदानमा लुम्बिनी विकास कोषलाई विद्युतीय पाँचवटा बस र १४ वटा भ्यान तीन वर्षअघि उपलब्ध गराएको थियो । तर, ती सवारी साधन कसरी सञ्चालन गर्ने भन्नेबारेमा मोडालिटी नहुँदा र पर्यटन मन्त्रालयले लुम्बिनी विकास कोषलाई हस्तान्तरण नगरेका कारण थन्किएका थिए ।