आधा पनि भएन रानी–जमरा–कुलरिया सिँचाइको काम

कैलाली । आर्थिक वर्ष २०६८/६९ मा शुरू भएको राष्ट्रिय गौरव अन्तर्गतको आयोजना रानी जमरा कुलरिया सिँचाइको म्याद सकिन लाग्दा काम आधा पनि हुन सकेको छैन । निर्माण शुरू भएको १ दशकभन्दा बढी समय भइसक्दा पनि प्रगति भने न्यून छ । ३८ हजार ३०० हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले शुरू भएको आयोजना निर्माणको म्याद आर्थिक वर्ष २०८०/८१ मा सकिँदै छ । आयोजना विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो । रानी, जमरा र कुलरिया गरी तीन खण्डमा काम भइरहेको आयोजनाको रानी र कुलरिया खण्डको कामको प्रगति सन्तोषजनक छैन । जमरा खण्डको कामले शुरूदेखि नै गति लिएको भए पनि रानी र कुलरिया क्षेत्रको कामबाट आयोजनाकै अधिकारी पनि सन्तुष्ट छैनन् । एउटै समयमा शुरू भएको कामको प्रगति हेर्दा रानीको १८ प्रतिशत मात्रै भएको छ भने कुलरिया खण्डमा २० प्रतिशत काम सम्पन्न भएको छ । सबैभन्दा बढी जमरा खण्डमा ६५ प्रतिशत काम सम्पन्न भएको आयोजनाका इन्जिनीयर प्रेम लासिवाको भनाइ छ । निर्माण कम्पनीको लापरबाहीका कारण काम सुस्त भएको भन्दै उनले निर्धारित समयमा काम सम्पन्न नहुने बताए । ‘सबै क्षेत्रमा एकैसाथ काम शुरू भएको हो, एउटा कम्पनीले ६५ प्रतिशत काम पूरा हुँदा २ कम्पनीको कामको प्रगति ज्यादै न्यून छ,’ उनले भने, ‘हामीले ताकेता गरिरहेका छौं, तर निर्माण कम्पनीले काम गर्न सकेको छैन ।’ आयोजनाको काममा लागि तीनओटा निर्माण कम्पनीले ठेक्का पाएका छन्, जसअन्तर्गत रानी कुलोको ठेक्का गौरीशंकर निर्माण सेवा र जीभीभी भारतीय कम्पनीले संयुक्त रूपमा लिएका छन् । जमराको ठेक्का रामेछाप निर्माण सेवा र कान्छाराम निर्माण सेवाले पाएका छन् भने कुलरिया खण्डमा हाइहिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ । २ वर्ष कोरोना संक्रमणको कारण काममा ढिलासुस्ती भएको र अहिले आर्थिक मन्दीले काम गर्न समस्या भएको निर्माण कम्पनीहरूको दाबी छ । रामेछाप निर्माण सेवाका साइट इन्चार्ज छिरिङ शेर्पाले आयोजनाको काम सम्पन्न हुन सक्ने स्थिति नदेखिएको स्वीकार गरे । कम्पनीले कुलो क्षेत्रको संरचना निर्माणका लागि ५४ करोडमा ठेक्का पाएको थियो । कुलरिया कुलो क्षेत्रको कामको जिम्मा पाएको हाइहिमालय हाइड्रो कन्स्ट्रक्सनका साइट इन्चार्ज निर्भय रिसाल पनि सम्झौता म्यादभित्र काम सम्पन्न हुने सम्भावना नरहेको बताउँछन् । काम ढिलो हुनुमा निर्माण कम्पनीको नभई आयोजना कार्यालयको दोष रहेको उनको आरोप छ । रासस

सम्बन्धित सामग्री

संसदमा राप्रपा : आधा उठ्दा आधा बसिरहे

११ फागुन, काठमाडौं । भौतिक पूर्वाधार मन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरुले शुक्रबार प्रतिनिधि सभाको बैठक अवरोध गरेका छन् । विपक्षी सांसदहरुले संसद अवरोध गर्दा राप्रपाका आधा सांसदहरु उठ्दा आधा भने बसिरहे । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले विवादित मन्त्रीको सम्बन्धमा सरकारको जवाफ मागेका थिए । माग ६ गते प्रतिनिधि सभाको बैठकमै प्रधानमन्त्री […]

आधा भाले आधा पोथी भएको चरा…..

वैदिक शास्त्रमा भगवान शिवले पार्वतीको आधा शरीरलाई अफूमा समाहित गरेर अर्ध नारेश्वरको पधारण गरेको कथा प्रसंग छ । अहिले पनि लैंगिक रुपमा स्पष्टता नभएका मानिसहरुको चर्चा चलिरहन्छ । तर, चराचुरुङ्गीमा पनि यस्तो रुप हुन्छ भन्ने हालै मात्र प्रकाशमा आएको छ । बिबिसी नेपाली सेवामा हालै प्रकाशत समाचार अनुसार पक्षी अध्ययनमा विशेष रुचि राख्ने जोन मूरीयोले …

आधा सेकेन्डमै सिटी स्क्यान

नेपालमा आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न मिल्ने मेसिन भित्रिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरले आधा सेकेन्डमै सिटी स्क्यान गर्न सकिने सिटी स्क्यान गर्ने मेसिन ल्याएको हो ।  अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न सकिने मेसिन नेपालमै मनमोहन अस्पतालले मात्र ल्याउन सफल भएको दाबी गरे । कार्यकारी निर्देशक डा। श्रेष्ठले उक्त मेसिन बिरामीका लागि धेरै फाइदाजनक भ

काँग्रेस र गठबन्धनका दलबीच आधा-आधा सिट बाँडफाट हुनसक्ने

काठमाडौं, २६ साउन । प्रतिनिधि सभा र प्रदेश सभामा सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटको नयाँ सूत्रबारे छलफल बढेकोछ । सिट बाँडफाँटको मोडालिटीबारे छलफल गर्न बसेको कार्यदलमा नेपाली काँग्रेसले आधा र गठबन्धनका बाँकी दलले आधा सिट पाउने गरी माओवादी टोलीले प्रस्ताव गरेको हो । १६५ सिटमध्ये काँग्रेसले ८२ वा ८३ र बाँकी दलले उतिकै संख्यामा सिट […]

वाग्मतीमा कांग्रेस र एकीकृत समाजवादीले आधा–आधा सरकारको नेतृत्व गर्ने !

मकवानपुर – नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पालैपालो आधा–आधा समय वाग्मती प्रदेश सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ । एमाले नेतृ तथा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि गठबन्धनबीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो । तर पहिले एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।मुख्यमन्त्री शाक्यले आज बिहीवार प्रदेश सभामा विश्वासको मत लिन राखेको प्रस्तावमाथि प्रक्रिया सुरु भएको छ । यसअघि हिजो बुधवार बेलुका काठमाण्डौमा गठबन्धनका शीर्ष नेताबी...

बागमती प्रदेशमा पाण्डे र बानियाँ आधा–आधा कार्यकाल मुख्यमन्त्री बन्ने सहमति

बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले सरकारको नेतृत्व आधा–आधा कार्यकाल चलाउने गरी बाँडफाँट गरेको छ ।  बागमती प्रदेश सभाका रहेका नेकपा एकीकृत समाजवादी, कांग्रेस, माओवादी केन्द्र र जसपाका सम्मिलित गठबन्धनको बैठकमा सरकारको नेतृत्व आधा कार्यकाल बाँड्ने सहमति भएको एक नेताले जानकारी दिए ।  सहमतिअनुसार शुरूमा नेकपा एसका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन् । उनले आधा कार्यकाल सरकारको नेतृत्व गरेपछि कांग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँले प्रदेश सरकारको नेतृत्व गर्न...

बागमतीमा काँग्रेस र एकीकृत समाजवादीले आधा-आधा समय सरकारको नेतृत्व गर्ने

बागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच आगामी कार्यकालमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ । एमाले नेतृ तथा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि गठबन्धनबीच यस्तो सहमति भएको हो ।मुख्यमन्त्री शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिन राखेको प्रस्तावमाथि प्रक्रिया सुरु हुँदैछ । यसअघि बुधबार बेलुका काठमाडौंमा गठबन्धनका शीर्ष नेताबीच यस्तो सहमति भएको हो । गठबन्धनको शीर्ष नेतृत्व तहमा भएको छलफल र सहमतिअनुसार पहिलो आधा कार्यकाल एकीकृत

एउटै शरीरमा आधा भाले र आधा पोथी अंश रहेको चरा भेटियो

काठमान्डाैं / अमेरिकामा आधा भाले र आधा पोथीको स्वरूप भएको चरा भेटिएको छ । चराविद् जेमी हिलले आधा भाले र आधा पोथी अंश रहेको चराको फोटो सार्वजनिक गरेका हुन् । उनले फेला पारेको त्यस चराको फोटोले यतिबेला विश्वभरका संरक्षणकर्मीको ध्यान तानेको छ । उनले विगत ४८ वर्षदेखि चराको अध्ययन गरिरहेका छ । पछिल्लो समय काठ... The post एउटै शरीरमा आधा भाले र आधा पोथी अंश रहेको चरा भेटियो appeared first on Purbeli News.

अमेरिकामा भेटियो अनौठो चरा, ‘आधा भाले-आधा पोथी’

काठमाडौं । अमेरिकाको पेन्सिल्भेनियामा एउटा अनौठो चरा भेटिएको छ । पंक्षीविज्ञ जेमी हिलले आधा पोथी र आधा भालेजस्तो देखिने एउटा चराको तस्बिर खिचेका हुन् । उनकी एकजना साथीले नोर्दन कार्डिनल भनिने उक्त चरा देखा परेको बताएपछि पक्षीविद्ले आफ्नो क्यामरामा उक्त चराको तस्बिर लिएका बीबीसीले जनाएको छ । अवकाशप्राप्त पक्षीविज्ञ जेमी हिलले भने, ‘यो जीवनकालमै एउटा र लाखौँ साक्षात्कारमध्येको एउटा थियो।’ हिलका साथीले उनलाई उनले एउटा ‘अस्वाभाविक’ चरा देखेको बताएकी थिइन् । सुरुमा हिलले उक्त चरा ‘लूसिस्टिक’ होला भन्ठानेका थिए । चराले आफ्नो प्वाँखमा हुनुपर्ने रङ्ग अर्थात् पिग्मेन्टेशन गुमाएको अवस्थालाई ‘लूसिसिजम्’ अर्थात् ‘पाण्डु’ भनिन्छ। उनलाई सुरुमा उक्त चरा आधा भाले र आधा पोथी भएको जस्तो लागेको थिएन। तर मोबाइलमा तस्बिरहरू हेरेपछि उनले उक्त चरालाई ‘बाइल्याटरल गाइन्यान्ड्रोमर्फिजम’ भएको हुन सक्ने आशङ्का गरेका थिए । बाइल्याटरल गाइन्यान्ड्रोमर्फिजम भएका चरामा काम गर्ने अवस्थाकै अण्डाशय र डिम्बाशय दुवै हुन्छन्। उनी उक्त कार्डिनल चरा देखिएको स्थानमा गए। एक घण्टाभित्र उनी उक्त अस्वाभाविक चराको तस्बिर लिन सफल भए। जेमी हिलले ४८ वर्षदेखि चराहरूको अवलोकन गर्दै आएका छन्